Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाको हटस्पट बन्दै बाँके, २४ जनाको सिकिस्त अवस्थामा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०७७
  • 3.3K
    SHARES

काठमाडौं । पछिल्लो केही दिनयता बाँके जिल्ला कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ ।

बाँकेमा हिजो ४० जना संक्रमित थपिएका थिए भने आज पनि ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा ७८ जनाको पिसिआर परीक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

बाँकेमा चैत महिनाको शुरुबाटै संक्रमितको संख्या बढ्दै गए पनि हाल संक्रमण तीव्र गतिमा कोरोना फैलिरहेको छ । चैतमा मात्र १ सय ९६ जना संक्रमित थपिएका छन् । तीमध्ये ५४ जनाको भेरी अस्पतालको कोभिड वार्डमा उपचार भैरहेको अस्पतालले जनाएको छ ।

उपचाररत २४ जनाको अवस्था सिकिस्त रहको जनाउँदै अस्पतालका प्रमुख डा. प्रकाश थापाले ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिनुभयो । अन्य २० जनाको पनि आइसियुमा राखेर उपचार भैरहेको छ ।

भारतमा अति नै तीव्र गतिमा संक्रमण फैलँदै गएकाले सिमानामा विशेष किसिमको व्यवस्था गर्नुपर्ने जिल्लाबासीले गरेका छन् । नेपालगञ्ज नाका भएर भारतबाट आएकामध्ये ११ जनामा कोरोना पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४