Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनले अनुदानमा दिएको खोप आजदेखि लगाउन सुरु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २५ २०७७
  • 2.3K
    SHARES

काठमाडौं,। सरकारले चीनबाट अनुदानमा ल्याएको कोरोना भाइरसविरुद्धको खोप आजदेखि सर्वसाधारणलाई लगाउँदैछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार चिनबाट प्राप्त ८ लाख डोज खोप १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइनेछ ।मन्त्रालयका अनुसार ८ लाख डोज खोप काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लाका २३ वटा खोप केन्द्रबाट दिइने छ ।

खोप १८ देखि ५९ बर्ष उमेर समूहका प्राध्यापकहरु, चीनमा छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरू, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले पाउने मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी र व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधि फलफूल तरकारी लगायतका व्यापारीलाई खोप लगाउने मन्त्रालयले जनाएको छ ।

यसअघि भारतबाट अनुदानमा ल्याईएको १० लाख डोज खोप तथा विश्व स्वास्थ्य संगठनबाट अनुदानमा प्राप्त खोप नेपाल सरकारले विभिन्न उमेर समुह एवं प्राथमिकतामा परेका व्यक्तीहरुलाई दिईसकेको छ ।

उनीहरुले पहिलो डोजको खोप पाएपनि दोस्रो डोजको खोप बैशाख दोस्रो सातादेखि लगाउने सरकारको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४