Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नीर शाह भन्छन्–‘चलचित्र क्षेत्र उद्योग र राष्ट्रिय दुबै हुन सकेन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 4.9K
    SHARES

कलाकार नीर शाहले नेपाली चलचित्र क्षेत्र उद्योग र राष्ट्रिय दुबै हुन नसकेको बताएका छन् । उनले औद्योगिक चरित्र हासिल गर्न नसकेका कारण चलचित्र उद्योगका रुपमा स्थापित हुन नसकेको उनले बताए । उनले देशभरीका सम्पूर्ण भाषा, संस्कृति, संस्कारलाई सन्तुलित ढंगबाट अगाडि बढाउन नसक्दा चलचित्रले राष्ट्रिय स्वरुप हासिल गर्न नसकेको बताए ।

‘जुन भाषालाई मात्र लिएर हामीले दशकौंदेखि चलचित्र बनाउँदै आईरहेका छौं । त्यसकै आधारमा राष्ट्रिय हुने भए भैसकेको हुनुपर्ने नी । किन हुन सकेन ? उनले अगाडि भने, – ‘किनभने ति सम्पूर्ण कुराहरुलाई, ति आफ्ना कुराहरुलाई जान्ने र माया गर्ने हिसावले बुझाउने प्रयत्न नै गरेनौं ।’

उनले देशभरीका सम्पूर्ण भाषा, संस्कृति, संस्कारलाई सन्तुलित ढंगबाट अगाडि बढाउन नसक्दासम्म चलचित्रले राष्ट्रिय स्वरुप हासिल गर्न नसक्ने बताए । कोरोनापछि नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउन आर्थिक अभाव रहेको उनको भनाई थियो । अहिलेको अवस्थासम्म आइपुग्दा चलचित्र बनाउनका लागि वित्तिय रुपमा सहयोग गर्ने संस्था नेपालमा नहुँदा समस्या भएको शाहले बताए ।

‘हामीले करोडौं ऋण लिएर चलचित्र निर्माणमा होमिएका छौं । त्यो हाम्रो व्यक्तिगत जमानीमा गरिरहेका हौं । चलचित्र व्यवसाय अगाडि बढाउनका लागि भनेर उदार ढंगबाट विक्तिय सहयोग गर्ने संस्थाहरु हामीकहाँ कहिल्यै पनि भएनन्’ उनले भने, –‘यो भैदिएको भए चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि सघाउ पुग्ने थियो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४