Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एएफसी कपको प्रारम्भिक चरणमा आर्मीले श्रीलंका पुलिस एससीसँग खेल्ने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ८ २०७७
  • 6.8K
    SHARES

काठमाडौं, / त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप सन् २०२१ को प्रारम्भिक चरणमा श्रीलंका पुलिस एससीसँग खेल्ने भएको छ ।एसियाली फुटबल महासंघ एएफसीका अनुसार प्रारम्भिक चरणको खेल चैत २५ गते घरेलु दशरथ रंगशालामा हुने भएको हो ।

एएफसी कप एसियाली फुटबल महासंघले आयोजना गर्ने एएफसी च्याम्पियन्स लिगपछिको दोस्रो ठूलो क्लब स्तरीय प्रतियोगिता हो ।पहिलो चरणमा जित हात पारे आर्मीले दोस्रो चरणमा भारतको बेंगलुरुसँग खेल्नेछ ।

सो खेल भने भारतमा हुनेछ । सो चरणमा पनि जित हात परे आर्मीले प्ले अफमा प्रतिस्पर्धा गर्नेछ ।प्लेअफमा दोस्रो चरणमा जित हात पार्ने दुई टिमबीच प्रतिस्पर्धा हुनेछ ।प्लेअफमा जित हात पर्ने टिम समूह चरणमा प्रवेश गर्नेछ ।

दक्षिण एसियाको समूह डीमा भारतको एट्लेटिको मोहन बगान, बंगलादेशको बसुुन्धरा किंग्स र माल्दिभ्सको माजिया छन् ।

समूहका लागि चौथो टिम प्लेअफबाट छनोट हुनेछ । दक्षिण एसियाको समूहको खेल माल्दिभ्सको मालेमा आयोजना हुनेछ ।

गत वर्षको ए डिभिजन लिगमा दोस्रो स्थान हासिल गरेको आर्मीले एएफसीका न्यूनतम आवश्यकता पूरा गरेपछि लाइसेन्स पाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४