Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धुली पुगेका मोडल नयन र निशा प्रेम र रोमान्समा मस्त (भिडियो)


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ७ २०७७
  • 8K
    SHARES

काठमाडौं । बदलिएको मौसमसँगै प्रेमिल बन्दै गइरहेको वातावरणकै बीच प्रेम तथा रोमान्सपूर्ण शब्दले भरिएको गीत ‘तिमीलाई देख्दा मात्र’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

माया, प्रेम र युगल जोडीको मिलापका शब्दहरुले भरिएको गीतलाई प्रदीप सुवेदीले रचना गरेका हुन् भने गीतमा गायक कृष्ण काफ्ले र मेलिना राईले स्वर भरेका छन् । यस्तै मिठासपूर्ण गीतका शब्दलाई पुरुषोत्तम न्यौपानेले संगीत दिएका छन् ।

शब्द र संगीतको उचित संयोजनपछि गीतको म्यूजिक भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका हुन भने गीतलाई एरिना इन्टरटेन्टमेन्टले बजारमा ल्याएको छ ।

गीतको भिडियो सार्वजनिक गर्दै थुप्रै गीतको रचना गरिसकेका डीपी दाहाल ‘परिश्रमी’ले समय सान्दर्भिक शब्दलाई युवा पंक्तिले रुचाउने बताए । उनले प्रेममा जम्दै गरेका युवा पंक्तिको भावना गीतले बोलेको भन्दै समय अनुसारको रुचीलाई गीतले समेटेको बताए ।

गीतकार सुवेदीले प्रेमिल जोडीले एक आपसमा बोल्ने शब्दलाई गीतमा बिम्बका रुपमा स्थान दिइएको बताए । गायक काफ्लेले गीत चलचित्र शैलीको रहेको र फरक किसिमको स्वाद दर्शकले पाउने बताए ।

म्युजिक भिडियोका नायक नयन डीसी र नायिका निशा लामाले पर्यटकीय जिल्ला सिन्धुलीको मनोरम दृश्यलाई गीतको भिडियोमार्फत प्रेमिल मनमा खेल्ने शब्दहरुमार्फत रमाउँदै प्रस्तुत गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४