Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीमा व्यक्तिवादी र तानाशाही प्रवृत्ति हावी छ : नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ४ २०७७
  • 4.6K
    SHARES

काठमाडौं, / पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अहिलेको राजनीतिक परिस्थितिको जिम्मेवार प्रधानमन्त्री केपी ओली भएको बताउनु भएको छ ।

नेकपा एमाले नेपाल–खनाल समूहले बुधबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले मदन भण्डारी फाउण्डेशनको नाममा ओलीले पार्टीभित्र गुटबन्दीको सुरुवात गरेको आरोप लगाउनुभयो ।

नेता नेपालले अध्यक्ष ओलीमा आफू नै राष्ट्र हुँ भन्ने व्यक्तिवादी र तानाशाही प्रवृत्ति हावी रहेको उल्लेख गर्नुभयो ।

उहाँले ओलीले विदेशी तत्वहरूको सेवा गरेको आरोप लगाउनुभयो । उहाँले ओली पार्टी अध्यक्ष भएपछि आफूहरु पीडित भएको गुनासो गर्दै पार्टीको बैठक बोलाइदिनु प¥यो भनेर अनुनय विनय गर्दा पनि त्यसको सुनुवाई नभएको बताउनुभयो ।

नेता नेपालले आफूहरुको लडाईं पदको लागि नभएर सिद्धान्त, नीति, विधि र पार्टी निर्माणको लडाइँ भएको बताउनुभयो । उहाँले ओलीले टिकट वितरण, नियुक्ती, कार्यविभाजन र कामको जिम्मेवारी बाँडफाँडमा समेत पूर्वाग्रह राख्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा रहेका ओलीका साइबर स्यालहरु अझै पनि जिउँदै रहेको भन्दै व्यंग्य गर्नुभयो ।

उहाँले आफूहरुको भेला रोक्नका लागि साइबर स्यालहरुले प्रचार विभाग प्रमुख योगश भट्टराईको नक्कली हस्ताक्षर प्रयोग गरी सूचना जारी गरि भ्रम फैलाउने काम गरेको बताउनुभयो । केही समय अघि अध्यक्ष ओलीले साइबर सेना गठन गर्नुभएको थियो ।

त्यसैलाई व्यंग्य गर्दै नेता नेपालले साइबर स्यालको संज्ञा दिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४