काठमाडौं/साताको तेस्रो दिन मंगलबार सेयर बजार नेप्से झिनो अंकले उकालो लागेको छ ।आज नेप्से २ दशमलव ५६ अंकले बढेर २ हजार ३ सय ९१ दशमलव ७४ अंक्मा पुगेको हो। बैंकिङ, होटल, फाइनान्स, उत्पादन लगायतका समूहमा रहेका कम्पनीहरुको सेयर मूल्य बढेको छ ।
आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.४४ अंकले सुधार भएको छ । समग्रमा बजार बढेपनि कारोबार रकम भने आज पनि घटेको छ ।
दिनभर भएका ४६ हजार ५४० कारोबारबाट २१६ कम्पनीका ९० लाख १२ हजार ८५३ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैयाँ पुगेको छ ।