स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा ११४ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ ।
जसमा महिलाको संख्या ९६ हजार ६७८ (३५.१० प्रतिशत) र पुरुषको संख्या १ लाख ७८ हजार ७४६ जना (६४.९० प्रतिशत) रहेको छ ।
पछिल्लो २४ घण्टामा ९४ संक्रमित निको भए, ० को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९४ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ९४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ४९५ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ९ सय १५ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५१ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७९० जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २२ लाख २१ हजार ५१२ जनाको पीसीआर परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ ।