Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महाशिवरात्रीमा पशुपति क्षेत्रमा सवारी साधन नचल्ने, यस्तो छ सवारी रुट


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 4.7K
    SHARES

काठमाडौं । बिहीबार महाशिवरात्रीको दिन पशुपतिनाथमा भव्य मेला लाग्ने छ । हिन्दुधर्मावलम्बीहरु देश विदेशबाट पशुपतिनाथको दर्शन गर्न आउने छन् ।

मेलालाई ध्यानमा राख्दै ट्राफिक प्रहरी महाशाखा रामशाहपथले सवारी व्यवस्थापनको विशेष योजना सार्वजनिक गरेको छ ।

महाशाखाले महाशिवरात्रीमा चक्रपथमा सवारी अवागमन सुचारु गर्ने जनाएको छ । महाशाखाले दर्शनार्थीको अत्यधिक चाप भएमा पशुपतिक्षेत्र आसपास गौशलामा सवारी आवागमन निषेध गर्ने जनाएको छ ।

महाशाखाले बुधबार सूचना जारी गर्दै दर्शनार्थीको अत्याधिक भीड भए बिहीबार सवारी आवागमन बन्द हुने क्षेत्रबारे जानकारी गराएको छ ।

चावहिलबाट गौशला, पुरानो बानेश्वरबाट गौशला, ज्ञानेश्वरबाट रातोपुल हुँदै गौशला, तिलगंगाबाट गौशला, द्धारिका होटलतर्फको उतरतिरको शाखा मार्ग, सिफलबाट जयबागेश्वरी, लामापोखरी कुटुबहालबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपा तर्फलगायत क्षेत्रमा सवारी आवागमन बन्द हुने महाशाखाले जानकारी दिएको छ ।

चक्रपथ चल्ने गाडी महाराजगञ्ज तर्फबाट आएका चावहिलबाट र कोटेश्वरतर्फबाट आएका सवारी साधन तिलगंगाबाट फिर्ता हुनेछन् । त्यस्तै बौद्धबाट आएका सवारी साधन चावहिलबाटै फिर्ता हुनेछन् ।

यसैगरी मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन पनि निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

दर्शनार्थीहरुलाई तिलगंगा, सिफलचौर, गुहेश्वरी पारि, देवउद्यान स्थित कोषको कार्यालयमा पार्किङको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४