पछिल्लो २४ घण्टामा २ हजार ७१५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५९ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८६९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६० संक्रमित निको भए, १ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६० जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ६० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७० हजार ९८७ पुगेको
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ८ सय ७० रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५६ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१५ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख ९९ हजार ९५० जनाको पीसीआर परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा १ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ ।