Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना भाइरसबाट बेलायतमा एकै दिन १ हजार ८२० जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ८ २०७७
  • 2.7K
    SHARES

एजेन्सी,/  बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका समाचारमा जनाइएको छ । बुधबार दिएको जानकारीमा बेलायतमा हिजोमात्र सो भाइरसको संक्रमणबाट यति धेरै नागरिकको ज्यान गएको छ ।

बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेसम्ममा यतिधेरै जनाको एकै दिनमा ज्यान गएको यो पहिलो पटक भएको पनि बुधबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएका छन् ।

यसैगरी यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबारसम्ममा यहाँका ९३ हजार २९० जनाको कोरोना भाइरसबाट नै निधन भएको बताइएको छ । उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको पनि बताएका छन् ।

उता यहीँबाट नै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ ।यसैगरी बेलायतमा बुधबारमात्र पनि ३८ हजार ९०५ जना नागरिकमा यो संक्रमण देखिएको छ । एकै दिनमा यति धेरै संख्यामा संक्रमित पाइएको पनि केही दिन यताको यो ठूलो संख्या पनि हो ।

यो समेत गरी बेलायतमा कोभिड १९ का संक्रमितको संख्या पनि निकै बढेको छ । समाचारअनुसार यही बुधबारसम्ममा यहाँका ३५ लाखभन्दा बढी नागरिकमा यो संक्रमण पुगेको छ । विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ संक्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको बताइएको छ ।

बुधबार मात्र विश्व स्थास्थ्य संगठनले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार जनाको यो भाइरसका कारण ज्यान गएको छ । गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु थपिएका छन् । पछिल्ला दिनहरुमा संक्रमितहरु थपिने क्रम बढ्दै गएको छ ।

पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ । युरोपेली युनियनले आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४