Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्यान्सरसँग जुधिरहेकी नायिका दिव्याको निधन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २९ २०७७
  • 8.7K
    SHARES

एजेन्सी । भारतीय नायिका, मोडल तथा गायिका दिव्या चौकसेको आइतबार निधन भएको छ । उनी विगत साढे एक वर्षदेखि क्यान्सरसँग जुधिरहेकी थिइन् । दिव्याकी दिदी सौम्या अमिश वर्माले फेसबुक पोस्टमार्फत् यसबारे जानकारी दिएकी हुन् । यसअघि दिव्याले पनि १८ घण्टा अघि आफ्नो इन्स्टाग्राममा एउटा मेसेज लेखेकी थिइन् ।
दिव्याका अन्तिम शब्दः
दिव्याले आफ्नो अन्तिम सन्देशमा लेखेकी थिइन् – म जे भन्न चाहन्छु त्यसका लागि शब्द पर्याप्त छैन । हुन त शब्द अत्यधिक छन् तर पनि कम छन् । म गायब भएको थुप्रै महिना भइसक्यो र प्रश्नको बाढी आइरहेको छ । म यतिबेला यो भन्न चाहन्छु कि म आफ्नो मृत्युशैय्यामा छु । हो, स्थिती यस्तै छ र म बलियो छु । त्यो जीवनका लागि जसमा संघर्ष छैन । कृपया केही प्रश्न नगर्नुहोस् । तपाईंहरु मेरा लागि कति महत्वपूर्ण हुनुहुन्छ भने भगवानलाई मात्रै थाहा छ ।
दिव्या सन् २०११ की मिस युनिभर्सकी प्रतियोगी हुन् । सन् २०१६ मा उनले फिल्म अपना दिल तो आवारासहित बलिउडमा डेब्यू गरेकी थिइन् । सन् २०१८ मा दिव्याले पटियाले दी क्वीन गीतसहित गायन क्षेत्रमा पनि पाइला टेकेकी थिइन् । दिव्याको निधनको खबर सुनेर उनका समकक्षी कलाकारले उनलाई श्रद्धाञ्जली दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४