Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाको असर इटालीमाः एकै दिन ४७५ को मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ६ २०७६
  • 5.1K
    SHARES

एजेन्सी । कोरोनाभाइरसको सबैभन्दा बढी मारमा परेको चीन त्यो संक्रमणमाथि नियन्त्रण गर्दै यतिखेर सामान्य अवस्थातिर फर्कने तरखर गर्दैछ । तर ठीक यतिनै बेला त्यो संक्रमणको भीषण मारमा चाहिँ युरोपेली देश इटाली परेको छ । इटालीमा बुधबार एकै दिनमा कोरोनाभाइरसको कारण ४७५ जनाको मृत्यु भएको छ ।
यतिखेर कोरोनाभाइरसको महामारीको कहर युरोपमा बढी केन्द्रीत भएको छ र त्यसको सबैभन्दा ठूलो शिकार इटाली भएको छ । यो लेख्दासम्म इटालीमा २ हजार ९ सय ७८ जनाको मृत्यु भइसकेको छ । अहिले इटालीमा ३५ हजार ७ सय १३ जना यो संक्रमणको शिकार भइसकेका छन् ।
त्यसो त इटालीमा संक्रमितमध्ये ४ हजार २५ जना निको पनि भइसकेका छन् । जोन हप्किन्स युनिभर्सिटीका अनुसार यतिखेर संसारभरिमा यो भाइरसले २ लाख १ हजारलाई संक्रमित गरिसकेको छ भने यसकै कारण ८ हजार जनाको मृत्यु भइसकेको छ । त्यसो त विश्वव्यापी रुपमा संक्रमितहरुमध्ये ८३ हजार जना निको पनि भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४