काठमाडौं । बिश्वभरि महामारीको रूपमा रहेको नोबेल कोरोना भाइरस नेपाल छिर्न सक्ने भएकोले सबैले सतर्क रहनुपर्ने खाँचो छ, नेपालमा पनि स्वास्थ्यकर्मीहरुले सचेतना अपनाउन आग्रह गरेका छन् । उत्तरी छिमेकी राष्ट्र चीनबाट सुरु भएको यो भाइरस एशियाका विभिन्न राष्ट्र हुँदै संसारभर फैलिरहेको छ । हालसम्म यो भाइरसको औषधि पत्ता लागेको छैन ।
नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बिश्व स्वास्थ्य संगठनले जनाइसकेको छ ।यस्तो बेला सबैले उच्च सतर्कता अपनाउनु पर्दछ । खासगरी मानिसहरूको बढी जमघट हुने ठाउँबाट यसको संक्रमण हुने खतरा रहेको बताइएको छ । विद्यालय, बसपार्क, सिनेमा घर, सपिङ मल ,बिमानस्थल आदि क्षेत्रहरूमा सावधानी अपनाउन सबै नेपाली दाजुभाइहरूमा आग्रह छ । संक्रमित देशहरूबाट आउने नागरिकहरूमा समेत कडाइ र निगरानी गर्नुका साथै नेपालीहरूलाई धामीझाँक्रीहरूमा मात्रै भरपर्ने स्थितको अन्त्य गर्न सरकारलाई आग्रह छ । चीन हुँदै भाइरस नेपाल भित्रन सक्ने भएकोले केही समयका लागि चीनसँगका सम्पूर्ण सिमाहरू बन्द गर्नु आवश्यक छ । सरकारले विमानस्थलबाट आउने जानेलाई स्वास्थ्य परीक्षण गर्ने भएको छ , यसले गर्दा संक्रमणबाट बच्न सकिन्छ । कसैमा शंका लागेको खण्डमा निगरानीमा राखेर उपचार गरे त्यसबाट थप जोखिम क मगर्न सकन्छि । सरकारले घोषणा गरेको भ्रमण बर्षका सम्पूर्ण कार्यक्रमहरू हाललाई तत्काल स्थगित गर्नुपर्ने छ । भ्रमण वर्ष सुरु भएको २ महिना बितिसकेको छ, सबै देशले नेपाल नजान आफ्ना नागरिकलाई आग्रह गरिसकेकाले पर्यटकहरु आउन सकेका छैनन् ।
हाच्छिउँ गर्दा, खोक्दा मुखबाट निस्कने पानीका स–साना थोपा (ड्रप्लेट) का माध्यमबाट कोरोना भाइरस सर्न सक्ने भएकोले सकभर कसैसँग हात नमिलाउने, अंकमाल नगर्ने, काम नपरी सकभर बाहिर नहिँड्ने, हिड्नै परे माक्स लगाएर मात्र हिड्ने गरेमा केही हदसम्म रोकथाम गर्न सकिन्छ । अत्याधिक ज्वरो आएमा पनि शंका गर्नुपर्ने हुन्छ । सरकारले चीनमा रहेका केही नेपालीलाई नेपाल फर्काएर केही राम्रो काम गरेको छ तर यति गरेर मात्र सरकरको जिम्मेवार पूरा हुन सक्दैन । भक्तपुरको खरिपाटीमा नेपालीहरु राखिएपछि एक प्रकारको गाउँमा त्रास फैलिएको र केही मानिस गाउँ छोडेको समाचार पनि आएका थिए । जिवन खतरा हुने डर भएपछि गाउँलेहरु विस्थापित हुनु पनि अस्वभाविक होइन ।
तर संक्रमण नै नभई बाहिर चलाइने हल्लाले मानिसमा नराम्रो त्रास फैलिएको छ । सरकारले पनि विभिन्न प्रकारका जनचेतनाका कार्यक्रम सञ्चालन गरेको खण्डमा कोरोना भाइरसप्रति मानिसमा देखिएको नकारात्मक सोचको अन्त्य हुन सक्दछ ।