Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्यान्सरले कम क्यान्सरको औषधिले बढीको मृत्यु भइरहेको छ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २२ २०७४
  • 4.2K
    SHARES

एजेन्सी । हालै मात्र भएको एउटा अनुसन्धानबाट अस्पतालहरुमा क्यान्सरको औषधिबाट ५० प्रतिशत बिमारीहरुको मृत्यु भएको खुल्न आएको छ ।

सो अनुसन्धानमा संलग्न रहेका अनुसन्धानकर्ताहरुले अस्पतालहरुमा क्यान्सरको औषधिबाट ५० प्रतिशत बिरामीहरुको मृत्यु भएपछि विरामीहरुलाई किमोथेरापीको खतराबारे सूचित गर्नुपर्ने बताएका छन् ।

के छ अनुसन्धानमा
क्यान्सर लागेको ३० दिन भित्र किमोथेरापी गरेका बिरामीहरुको अनुसन्धान गर्दा अनुसन्धानदाताहरुले के थाहा पाए भने ती बिरामीहरुको मृत्यु क्यान्सरका कारण होईन कि त्यसमा प्रयोग गरिएको औषधिका कारण भएको थियो ।

द टेलीग्राफको रिपोर्ट अनुसार पब्लिक हेल्थ बेलायत र क्यान्सर रिसर्च यूकेले बेलायतभरी फोक्सोका क्यान्सरद्वारा पिडित रोगीहरु ८.४ प्रतिशत र स्तन क्यान्सरका २.४ प्रतिशत बिमारीमाथि अध्ययन गरेको थियो । ती बिरामीहरुले उपचार थालेको एक महिनामा नै मृत्यु भएको थियो ।

कुनै कुनै अस्पतालमा त विमारीको मृत्युको तथ्यांक केही बढी नै भेटियो । मिल्टन किङ्गस अस्पतालमा फोक्सोको क्यान्सरबाट ५०.९ प्रतिशतको मृत्यु भएको समेत अनुसन्धानकर्ताहरुले भेटे ।

क्याम्ब्रीज विश्वविद्यालय अस्पतालमा पाँचमध्ये एक बिमारीको मृत्यु भएको र स्तन क्यान्सरको उपचारको सिलसिलामा दुखाइ कम गर्ने थेरापी गराइरहेकी थिइन् ।

तथापि किमोथेरापीको उपयोगिता सकिएको छैन
पब्लिक हेल्थ बेलायतका डाक्टर जेम रैशबासले भने– क्यान्सरको उपचारमा किमोथेरापीको भूमिका निकै महत्वपूर्ण छ र यसको औचित्य सकियो भन्ने कुरा होइन ।

चार दशकमा क्यान्सरका विमारीहरुमा केहि सुधार आएको छ भने त्यो किमोथेरापीको कारण नै हो । जुन अस्पतालहरुमा मृत्युको तथ्याङ्क बढी देखिएको छ त्यहाँ क्यान्सरका विरामीहरुलाई प्रयोग गरिने औषधिमा ध्यान दिनुपर्नेछ ।

अध्ययनमा स्तन क्यान्सरबाट पिडित २३ हजार महिलाहरु र फोक्सोका क्यान्सरकका पिडित ९ हजार ६ सय ३४ बिमारीहरुलाई ध्यानमा समेटिएको थियो । जसले २०१४ मा किमोथेरापी गराएका थिए । यसमा १ हजार ३ सय ८३ बिमारीले एक महिनामै मृत्युवरण गरेका थिए ।

के हो किमोथेरापीको कमजोरी
किमोथेरापीले शरीरमा विषको काम गर्ने गर्छ । किमोथेरापीले शरीरमा रहेका क्यान्सरयुक्त कोशिका र स्वस्थ कोशिकाहरुबीच भिन्नता छुट्याउन सक्दैन जसले गर्दा स्वस्थ कोशिकाहरु पनि यसले गर्दा बिग्रन पुग्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४