Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनलाइन टिभी पत्रकार संघद्वारा सामाजिक सञ्जाल विधयेक विरुद्ध प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २७ २०८१
  • 3K
    SHARES

काठमाडौँ, । अनलाइन टिभी पत्रकार सङ्घ नेपालले सामाजिक सञ्जाल विधयेक २०८१ तत्काल फिर्ता लिन माग गर्दै आज काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।
विधेयकमा राखिएका कतिपय प्रावधानहरूले खबरदारी र आलोचना गर्ने नागरिकको अधिकार खोस्ने भएकाले फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरिएको संघका अध्यक्ष जीवन भण्डारीले जानकारी दिए।

उनले विधेयक तत्काल फिर्ता नलिए च्यातेर अवज्ञा गर्ने चेतावनी समेत दिएका थिए। माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरूले “सरकारले मुख थुन्दैछ लोकतन्त्र ह्याक हुँदैछ, आलोचना गर्ने अधिकार, खोस्न पाइँदैन होसियार, अभिव्यक्ति माथिको अंकुश, बन्दैछ सरकार निरंकुश लगायतका नारा लेखिएका प्लेकार्डहरू पनि प्रदर्शन गरेका थिए।

उनीहरूको प्रदर्शनप्रति एकता जनाउँदै नागरिक अगुवा तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आलोचना र खबरदारीलाई निस्तेज पार्ने गरी सरकारले अध्यादेश ल्याएको आरोप लगाए। उनले नेपालमा लोकतन्त्र रहन्छ भने यस्तो विधेयक नरहने र यस्तो विधेयक आयो भने लोकतन्त्र नरहने दाबी गरे ।

सामाजिक सञ्जालमै मिडिया सञ्चालन गर्दै आएका अनलाईन टिभीकर्मीहरुको साझा संस्थाको रुपमा रहेको संघले यो विधेयक पारित भएमा आफूहरूको पेशा बन्द नै हुने ठहर गरेको छ।
सामान्य आग्रहबाट मात्रै सरकार र पार्टीहरुले नटेर्ने देखिएकाले सडक र दबावमूलक आन्दोलन सुरु गरेको अध्यक्ष भण्डारीले जानकारी दिए।

अनलाईन टिभीका नाममा र सामाजिक सञ्जाल प्रयोगका क्रममा धेरै विक्रिती र अपराध भएकाले त्यसलाई नियमन गर्नु आवश्यक भएपनि सरकारले नियमनको आवरणमा नियन्त्रणको नियत राखेको संघको ठहर छ । संघले विधेयक फिर्ता गराउन हस्ताक्षर संकलनदेखि विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाउने सम्मका कार्यक्रमहरु गर्ने तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४