“दिबस र आजको अबस्था”नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स ) को २३ ओै स्थापना दिवस लाई देशब्यापी सप्ताहको रुपमा बिबिध सामाजिक सेवाका कार्य गर्दै मनाउदै गर्दा साँचै नै एक खालको हर्ष उल्हास छाएको छ। बजार प्रतिनिधिहरु बजारमा काम गर्दै गर्दा उत्पन्न बाधा अवरोह लाई आत्मसात गर्दै केही कम्पनीमा कार्यरत बिक्री प्रतिनिधिहरुको दृढ परिकल्पनामा “उधोग ब्यबसायको रक्षा गरौ रोजगारी सृजना गरौ” भन्ने मुल नाराका साथ २०५८ सालमा कास्की जिल्लाको पोखरामा दर्ता भइ स्थापित एक संगठन हो ।
यस संगठनको काम र कर्तव्यहरुका बारेमा प्रष्ट नीति नहुँदा केही अन्यौलता सृजना भएको थियो भने हाल उक्त संगठनले बिधान/कानुन निर्माण गरि बिधान बमोजिम हरेक गतिविधि गरिरहेको पाइन्छ । हाल सातै वटा प्रदेश र २७ शाखा तथा इकाईहरु गठन गरि देशब्यापी रुपमा फैलिएको छ भने केही इकाई हरु गठन हुने प्रक्रियामा रहेका छन। नाम्सको आबद्द भइरहदा एउटा कुनै पनि कम्पनी मान्छे सेल्समा काम गरिरहँदा निर्वाद रुपमा काम गर्न सक्ने बाताबरण सृजना यस नाम्सले गरेको पाइन्छ ।
यस संगठनमा जोडिदै गर्दा कम्पनी र बजारको मध्यस्थतकर्ताको काम गर्ने काम यस संगठनमा आबद्ध सदस्यहरुको हो । राष्ट्रिय एब बहुराष्ट्रिय कम्पनीहरुको बजार बिस्तार एबं उत्पादकत्व बृदि गर्नका निम्ति हरेक कम्पनीहरुमा बजार प्रतिनिधिहरुको जरुरत पर्दछ । यस प्रतिष्ठित पेशामा हरेक शिक्षित मान्छेको आगमन भईरहेको छ भने यस पेशालाइ एक प्रतिस्ठीत पेशाको रुपमा पनि लिन सकिन्छ । हाल देश आर्थिक मन्दिको चपेटामा परेको छ ।
नेपाली बजार मन्दी कारण केही साना कम्पनीहरु बन्द भइसकेका छन भने बजारमा केही हिस्सा ओगटेका केही कम्पनीको समेत अबस्था दयनीय छ । सरकारको प्रष्ट धारणा नहुँदा नेपाली उधोग ब्यासायमा ठूलो समस्या निम्तिएको पाइन्छ । नेपालमा उधोग ब्यबसायको सम्भाबयता लाई मध्ये नजर गरि योजना निर्माण गरिनु पर्दछ । बैदेशिक रोजगारीमा युवा जमात को बृदि हुनुको मुख्य कारण भनेको नै नेपालका उधाेग ब्याबसायहरुको यथोचित बिकास हुननसक्नु हो ।
अब का दिनहरुमा देशका सम्पूर्ण कलकारखाना उधोग धन्दालाइ नियमित रुपमा सञ्चालन गरि बैदेशिक रोजगारीमा लिष्त युवाहरुको ध्यान लाई स्वदेश मै लगाउन सरकारको तर्फबाट ध्यान केन्द्रीकृत गर्नु जरुरत छ । तब मात्रै नाम्स भनेर गौरव का साथ २३ ओै स्थापना दिबस मनाएको अस्तित्व रहन्छ । साथै स्थापना दिवसको अबसरमा सम्पूर्णमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
(लेखक: दुर्गा भुजेल नेपाल बजार बिक्री प्रतिनिधि संघका तनहुँ/गोर्खा /लमजुङ शाखाका पुर्व अध्यक्ष हुनुहुन्छ )