Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रविलाई धरौटीमा छाड्ने आदेशपछि रास्वपाले भन्यो- न्याय प्रणालीमाथि विश्वास बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २५ २०८१
  • 2.2K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएपछि नेताहरूले खुशी व्यक्त गरेका छन् ।

पोखरामा रहेका पार्टीका प्रवक्ता मनिष झाले अदालतको आदेशले ‘यो देशमा न्याय प्रणाली अझै जीवित छ भन्ने पुष्टि गरेको’ बताए । जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

‘यो आदेशले राज्यपछि लागेपछि कसैको केही लाग्दैन भन्ने भाष्यलाई गलत हो भन्ने स्थापित गर्‍यो’, झाले भने, ‘राज्य, गठबन्धनले जतिसुकै प्रतिशोध गरेपनि न्यायमाथि विश्वास थियो, जुन अझ बढेर गएको छ ।

उनले अदालतले धरौटीमा छाड्नुलाई स्वागतयोग्य भएको बताए । ‘यसअघि हामीले जति बहस, तर्कवितर्क जे गरेपनि न्यायालयले एउटा आदेश दिएको छ’, उनले थपे, ‘यसले न्यायालय जीवित छ, न्यायालयले न्याय दिँदो रहेछ भन्ने पुष्टि भयो ।’

अदालतको आदेशलाई आफूहरुले ‘न्यायिक निर्णय’ भनेको उनले बताए । ‘यो पूर्णरुपमा न्याय नभएपछि न्याय पाउने प्रक्रियातर्फ अग्रसर भएको संकेत हो’, उनले थपे ।

रास्वपाका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि ‘सरकारले जबरजस्ती हिरासतमा राखेर गर्नुपर्ने औचित्य नरहेको पुष्टि भएको’ भनेका छन् ।

अदालतले लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीसहितका आरोपीहरूलाई पनि धरौटीमा छाड्न आदेश दिएको छ ।

रास्वपाका समर्थकहरू कास्की जिल्ला अदालतबाहिर नाराबाजीसहित खुसियाली मनाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४