Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कास्कीमा थुनछेक बहस जारी, रविका पक्षमा यी सात वकिलले बहस गर्ने !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १७ २०८१
  • 2K
    SHARES

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहितका सातजनाको बयानपछि मंगलबारदेखि कास्की जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ ।

कास्कीका जिल्ला न्यायधीश नीतिज राईको इजलासमा प्रारम्भिक चरणमा सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र सुजाता पौडेलले मुद्दाबारे न्यायाधीशलाई सामान्य जानकारी गराएका थिए । पहिलो दिनको बहसपछि समय अभावले अदालत स्थगित गरिएको थियो । आजदेखि फेरि बहस जारी रहनेछ । थुनछेक बहसपछि न्यायाधीशले अभियुक्तहरूलाई धरौटीमा रिहा गर्ने, साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल चलान गर्ने भन्ने निर्णय लिनेछन् ।

रबि लामिछानेसहितका सात अभियुक्तमध्ये रबि लामिछाने, छविलाल जोशी, र रामबहादुर खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ । लीला पछाईमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनको उल्लंघनको अभियोग लगाइएको छ । बाँकी तीन अभियुक्तलाई सहकारीको रकम ठगीको मुद्दामा मात्र आरोप लगाइएको छ ।

सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी संचालक लगायत व्यक्तिविरूद्ध सुरूमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछानेसहित जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूसँग १ अर्ब ५१ करोड बढी रकम बिगो माग गरिएको छ । जसमा रवि लामिछानेसँग सहकारी ठगी अभियोगमा ३ करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैया बिगो असुल गर्न माग गरिएको छ ।

रबि लामिछानेका पक्षमा सात जनाले बहस गर्ने

थुनछेक बहसका लागि रास्वपा सभापति लामिछानेको पक्षमा बहस गर्न ५० भन्दा धेरै कानुन व्यवसायीले वकालतनामा गरेका छन् । अधिवक्ता नारायण कँडेलका अनुसार रबि लामिछानेको पक्षमा बहस गर्न ५० भन्दा धेरै कानुन व्यवसायीले वकालतनामा गरे पनि सातजनाले बहस गर्नेछन् । वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, हरि सुवेदी र डा.नारायण घिमिरे, अधिवक्ताहरू डा. नारायण कँडेल, रोहितराज बाँस्तोला, सुरज बस्नेत र सुविज्ञ पन्तले बहस गर्नेछन् ।

महान्यायाधिवक्ताको कार्यालयबाट पठाइयो दुई वकिल

जिल्ला अदालतमा सामान्यतया सरकारी वकिलको कार्यालयकै वकिलहरूले मुद्दा-मामिलामा बहस गर्ने चलन छ । तर, रवि लामिछानेसहितको मुद्दामा सरकारले विशेष चासो देखाउँदै काठमाडौंस्थित महान्यायाधिवक्ताको कार्यालयका दुई वकिललाई समेत पोखरा पठाएको छ ।

कास्की जिल्ला अदालतमा सुरु भएको थुनछेक बहसमा स्थानीय सरकारी वकिलका पाँच सदस्यीय टोली भए पनि काठमाडौंबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र सहमहान्यायाधिवक्ता प्रकाश गौतमलाई पठाइएको छ । लामिछानेमाथि प्रहरी अनुसन्धानदेखि मुद्दा दायरसम्मका प्रक्रियामा ‘राजनीतिक प्रतिशोध’ लिएको आरोप पनि लागिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४