काठमाडौँ । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ ।
कास्की जिल्ला अदालतमा पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा लामिछानेको बयान सकिएको हो । मंगलबार जिल्ला अदालत कास्कीमा रविसहित ७ जनाको बयान सकिएको हो ।
उनीहरूसँगको बयान सकिएसँगै मंगलबार नै थुनछेक बहस हुने स्रोतले जनायो । यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ ।
सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।