Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपत्यकाको सुरक्षा जिम्मेवारी अब एआइजी किरणको काँधमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन २९ २०८१
  • 2.1K
    SHARES

काठमाडौं । काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी पहिलोपल्ट महिलालेले नेतृत्व गर्ने भएकी छन् । प्रहरी अतिरिक्त महानिरीक्षक “एआईजी” किरण बज्राचार्यले सोमबार रानीपोखरीस्थित कार्यालयबाट सरुवा भएका एआईजी दीपक थापालाई बिदाइ गर्दै जिम्मेवारी सम्हालेकी हुन् ।

एआइजी किरण सुरक्षा संवेदनशिल मानिने काठमाडौ उपत्यका प्रहरी कार्यालयको पहिलो महिला प्रमुख बनेकी छन् । यसअघि किरणले एसपी हुँदा भक्तपुर र एसएसपी हुँदा ललितपुर प्रहरी प्रमुखको रूपमा काम गरिसकेकी छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय सरुवा हुनुभन्दा पाँच महिनाअघि उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो “सीआईबी” निर्देशकको रूपमा काम गरिसकेकी छन् । अहिले भने उनी प्रहरी मुख्यालयको कार्य विभागबाट सरुवा भएकी हुन् ।

यहाँ काम गरिरहेका एआईजी दीपक थापा सीआईबीमा सरुवा भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारीपछि एआईजी बज्राचार्यले सोमबार नै यस कार्यालयका अधिकारी तथा मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिएकी छन् ।

बज्राचार्यले भनिन्, ‘काठमाडौं उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिविम्बको रूपमा रहने हुनाले उपत्यका प्रहरीले अति उत्कृष्ट तवरबाट कार्यसम्पादन गर्नुपर्छ । एआईजी बज्राचार्यले निकट भविष्यमा हुन सक्ने सुरक्षा चुनौतीलाई निस्तेज गर्न मातहतका कर्मचारीसँग समन्वय र सहकार्य गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित तवरले आफ्नो व्यावसायिकता प्रस्तुत गर्न पनि निर्देशन दिएकी छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४