Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धु समाज अमेरिकाका संस्थापक अध्यक्ष श्री दिपेश लामाको विषेश पहलमा आगामी नोभेम्बर १६ ( मंसिर १ गते) गोल्डेन नेपाली फिल्म अवार्ड’ हुने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ४ २०८१
  • 6.6K
    SHARES

काठमाडौं । सिन्धु समाज अमेरिकाका संस्थापक अध्यक्ष श्री दिपेश लामाको विषेश पहल कदमि र नेपालका तर्फबाट श्री सोमराज तामाङ (सोम लामा) को विषेश सहयोगमा अमेरिकाको सन फ्रान्सिस्कोमा आगामी नोभेम्बर १६ ( मंसिर १ गते) गोल्डेन नेपाली फिल्म अवार्ड’ हुने भएको छ। गोल्डेन नेपाली फिल्म अवार्ड कार्यक्रममा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया, हिमालयन फाउन्डेसन कर्प र गोल्डेन स्टेट मुभी मेकर्स प्रालिले अवार्ड आयोजना गर्ने जानकारी हामीलाई प्राप्त भएको  छ ।

आयोजक संस्थाका प्रमुखमा यज्ञलाल श्रेष्ठ रहने छन। आयोजक संस्थाका प्रमुख यज्ञलाल श्रेष्ठका अनुसार २०८० साउन १ देखि २०८१ असार मसान्तसम्म प्रदर्शनमा आएका नेपाली  फिल्महरुले प्रतिष्पर्धा गर्ने र नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र समृद्धिका लागि केही पहल गर्ने उद्देश्यका साथ गर्न लागिएको भनि पत्रकार सम्मेलनमा उदघोष गरिएको थियो  ।

अवार्ड आयोजक टिममा अभिनेता शिव श्रेष्ठ, अभिनेता सुनील थापा, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, कलाकार सुनील कटवाल र पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी छन् । पपुलर अवार्डका रुपमा आयोजना गर्न लागिएको अवार्डमा विभिन्न १० विधामा अवार्ड प्रदान गरिने भएको छ । अवार्डको सह-प्रायोजकमा अमेरिकामा रहेको लेइट ल अफिसका प्रमुख रवी सिह बस्नेत, सोनामी एलएलसीका प्रमुख नारायण सोनामी, राजपुत एलएलसीका प्रमुख सुजीत सिंह तथा सिन्धुपाल्चोक समाज, एलएलसी क्यालिफोर्निया रहेका छन ।

पत्रकार सम्मेलनमा समाजसेवी संस्था सिन्धुपाल्चोक समाज नेपालको पनि औपचारिक उद्घाटन गरिएको थियो  । अभिनेत्रीत्रय भुवन चन्द, वसुन्धरा भुसाल,र  चैत्य देवी, अभिनेता नीर शाह, शिव श्रेष्ठ, चलचित्र कलाकार संघका पूर्व अध्यक्ष रविन्द्र खड्का र सिन्धुपाल्चोक समाजका संस्थापक अध्यक्ष समेत रहेका यज्ञलाल श्रेष्ठ र कार्यक्रम ब्यबस्थापक  श्री सोमराज तामाङ -सोम लामाले संयुक्तमा पत्रकार सम्मेलन गरि समाजको पनि सफलता पुर्वक उद्घाटन गरीएको समाचार जन प्रहार डटकमका समाचार प्रमुख नेत्र बहादुर कार्की ,लाई टेलिफोन मार्फत जानकारी दिईएको थियो  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४