काठमाडौ । नेत्रबहादुर कार्कीको निर्देशनमा नेपाली टेलि सिरियल ‘ दमदार ’ सार्वजनिक भएको छ । सामाजिक घटना तथा कथामा आधारित यो टेली सिरियल ‘दमदार ‘ यस अगाडि १७ भाग आइ नै सकेको छ । छोरीको जीवन दीपशिखा लगाएतका सिरियल निर्देशन गरिसकेका कार्कीको नेपाली टेलिसिरियल ‘दमदार पारिवारिक सिरियल हो । नेपाली टेलि सिरियल ‘दमदार’लाई थुप्रै रूप सिरियलमा देख्न सकिने निर्देशक कार्कीले बताएका छन् ।
यस टेलि सिरियल “दमदार”मा कलाकारहरु विभिन्न पात्रहरुको विभिन्न भूमिकामा देखा परेका छन् । जस्तै नेत्रबहादुर कार्की ,दिपक सर ,,मनराम केसि,मने जी ,आत्माराम थापा,आत्माराम ,राज थापा गने दमाई, भोला भण्डारी बाघबुढा ,सिर्जना बस्नेत,पुतली , सुशील कार्की ,मन्जरी ,दिप्शन बिक्रम कार्की ,पुन्टे निर्देशक ,प्रकाश बस्नेत सुमन मिना खड्का सुन्तली ,स्मृति मगर राधा सुशील ढकाल जंगे ,निशिता थापा ,ममिता रोकाया लगायत कलाकार सिरियलको मुख्य भूमिका रहेको छ ।
डि.एन क्रियशन युट्युब च्यानल मार्फत सार्वजनिक भएको यो सिरियलको पहिलो भाग देखि १७ भाग सम्म दर्शकको रोजाइमा परिसकेको छ।
डिबी कार्कीको ब्यबस्थापनमा नेत्र बहादुर कार्कीको छायाँकंन तथा निर्माण रहेको यो टेलि सिरियल’दमदार” को मुख्य सहायक निर्देशन नमुना दाहाल कार्कीले गरेकी छन ।