Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित नेपालद्धारा मंगोलिया २ सय ७३ रनले पराजित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १० २०८०
  • 3.3K
    SHARES

काठमाडौँ । नेपालले १९औँ एसियन गेम्सको क्रिकेटमा शानदार सुरुवात गरेको छ । एसियन गेम्सको पहिलो खेलमा नेपालले मंगोलियालाई कीर्तिमानी २७३ रनले पराजित गर्दै शानदार सुरुवात गरेको हो ।

यो टी-२० क्रिकेटमा अहिलेसम्मको सबैभन्दा ठुलो अन्तरको जित हो । नेपालले दिएको ३१५ रनको लक्ष्य पछाएको मंगोलियाले १३.१ ओभरमा अल आउट हुँदै ४१ रन बनाएको थियो ।

मंगोलियाका एक ब्याट्सम्यानले १० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि करण केसी, अविनाश बोहोरा र सन्दीप लामिछानेले २-२ विकेट लिए भने सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट लिए ।

यसअघि नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाउँदै ३१४ रन बनाएको थियो । नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रन अविजित बनाए भने दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रन अविजित बनाएका थिए ।

यो टी-२० इतिहासकै अहिलेसम्मको उच्च योगफल हो । यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २०१९ मा सर्वाधिक २७८ रन बनाएको थियो ।

यस खेलमा कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । योसँगै कुशल टी-२० को इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् । यसअघि टी-२० मा सर्वाधिक छिटो शतक ३५ बलमा थियो । जसमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक पुरा गरेर विश्व कीर्तिमान बनाएका छन् । १९औँ ओभरमा ५ छक्का प्रहार गरेका दीपेन्द्रले भारतीय ब्याट्सम्यान युवराज सिंहको १२ बलमा अर्धशतक बनाएको विश्व कीर्तिमान तोडेका हुन् ।

त्यसैगरी नेपाली कप्तान रोहित पौडेलले २७ बलमा ६१ रन बनाए भने कुशल भुर्तेलले १९ र आसिफ सेखले १६ रन बनाएर आउट भएका थिए ।

नेपालले अब एसियन गेम्समा आइतबार माल्दिभ्सविरुद्ध खेल्ने तालिका छ ।

नेपालको ३ विश्व कीर्तिमान : कुशलले हाने ३४ बलमा शतक, दीपेन्द्रको ९ बलमै अर्धशतक

टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन बनायो । नेपालका लागि कुशल मल्लले अविजित १ सय ३७ रन बनाउँदा कप्तान रोहित कुमार पौडेलले ६१ रन तथा दिपेन्द्र सिंह ऐरीले अविजित ५२ रन बनाए ।

नेपालले बनाएको ३ सय १४ रन टि–ट्वेन्टी अन्तराष्ट्रियकै विश्व किर्तीमान हो । टि–ट्वेन्टीमा अहिलेसम्म कुनैपनि देशले ३ सय रन पार गर्न सकेका छैनन् । यसैगरि कुशलले बनाएको ३४ बलको शतक पनि टि–ट्वेन्टीतर्फको विश्व किर्तीमान हो ।

९ बलमा अर्धशतक प्रहार गरेका दिपेन्द्र सिंह ऐरीले पनि सर्वाधिक कम बलमा अर्धशतक बनाउने किर्तीमान राखेका छन् । यसअघि उक्त किर्तीमान भारतका युवराज सिंहको नाममा १० बलको थियो । दिपेन्द्रले लगातार ६ छक्का प्रहार गरेका थिए ।

जवाफमा ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलियाले १३ ओभर १ बलमा अलआउट हुनुपूर्व ४१ रन मात्रै जोड्न सक्यो । मंगोलियालाई सस्तैमा समेट्न नेपालका करण केसी, अविनाश कोहोरा र सन्दिप लामिछानेले २–२ विकेट लिए ।

समुहको दोस्रो खेलमा नेपालले अक्टोबर १ तारिखमा माल्दिभ्सको सामना गर्नेछ । क्रिकेटतर्फ भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालाई सिधै वाटरफाइनलमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४