Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन १८ २०८०
  • 4.1K
    SHARES

काठमाडौं । संवैधानिक परिषद्को बैठक बिहीबार साँझ ५ बजे बस्दैछ ।

गत मंगलबार बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति तथा अन्य संवैधानिक निकायमा रिक्त पदपुर्तीको लागि कुनै निर्णय गर्न नसकेपछि बिहीबार पुनः बैठक बस्न लागेको हो ।

मंगलबार प्रधानन्यायाधीशको नाम सिफारिस गर्न भनेर बसेको बैठक नाममा प्रवेश नै नगरी स्थगित भएको थियो । साउन २० गत अर्थात शनिबारदेखि प्रधानन्यायाधीश पद रिक्त हुँदैछ । उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जाने भएकाले न्यायालय फेरि कायममुकायमले चलाउने अवस्था बनेको छ ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेपछि पनि संसदीय सुनुवाइको प्रक्रियासहित नियुक्त हुन समय लाग्नेछ । त्यसैले न्यायपालिका फेरि नेतृत्वविहिन हुने अवस्थामा पुगेको हो । यसअघि २०७८ फागुन १ देखि ०८० असार १ गतेसम्म पनि न्यायपालिका कायम मुकायमको भरमा चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४