Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल बार एसोसिएसनले आज बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १८ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । अदालतका कर्मचारी कूटपिटको आरोपमा पक्राउ परेका कानून ब्यावासयीलाई रिहा गर्न माग गर्दै नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने भएको छ ।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा सोमबार दशैभरिका अदालतहरुमा बन्दी प्रत्यक्षीकरण बाहेका मुद्दामा बहस पैरवी नगर्ने उल्लेख छ । देशभरिका बार इकाइ, वरिष्ठ अधिवक्ता तथा अभिवक्ताहरुलाई बन्दी प्रत्यक्षीकरण बाहेक कुनै पनि बहस नगर्न भनिएको पनि घिमिरेले बताउनु भएको छ ।

ललितपुर जिल्ला अदालतमा कार्यरत कर्मचारी प्रेमिका तामाङलाई कुटेको आरोपमा प्रहरीले कानून अमिर लामिछानेलाई पक्राउ गरेको छ । बारले थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने र लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्ने माग समेत गरेको छ ।

जिल्ला अदालत ललितपुरकी नासु तामाङलाई लामिछानेले कार्यालयभित्रै आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरु पनि विरोधमा उत्रिएका छन् । आइतबार उनीहरुले तीन घण्टा काम नगरी विरोध जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४