Jana Prahar

शुक्रबार, असोज ३० २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झापामा झडप हुँदा प्रहरीसहित दुई दर्जन घाइते


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २७ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । झापामा मंगलबार साँझ जातीय पहिचान पक्षधरले निकालेको मसाल जुलुसमा झडप हुँदा कम्तिमा दुई दर्जन घाइते भएका छन् ।

कोशी प्रदेश नामाकरणको विरोध गर्दै आएको समूहले मंगलबार झापाको दमकमा मसाल जुलुस प्रदर्शन गरेकोमा प्रहरीसँग झडप भएको हो । झडपमा केही प्रहरीसहित दुई दर्जन घाइते भएका हुन् ।

प्रदर्शनकारीले ढुंगामुढा गर्दा दमक इलाका प्रहरी कार्यालयका डिएसपीसहित १० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

प्रदर्शनकारीले ढुंगामुढा गर्नुका साथै आफूहरुले बोकेको राँकोले प्रहरीलाई प्रहार गर्न थालेपछि स्थिति असामान्य बनेको प्रहरीले जनाएको छ । त्यसक्रममा प्रहरीले कम्तिमा डेढ दर्जन सेल अश्रुग्यास प्रहार गरेको थियो ।

प्रहरीले प्रहार गरेको रबरको गोली लागेर दुई जना घाइते भएको प्रदर्शनकारीहरुको दाबी छ । इलाम चुलाचुली घर भएका गजेन्द्र फागो र बिर्तामोड घर भएकी निर्मला लिङ्देन घाइते भएको प्रदर्शनकारीहरुको भनाइ छ ।

घाइतेहरुको बिएन्डसी लगायत अस्पतालहरुमा उपचार भईरहेको जनाइएको छ । प्रदर्शनकारीहरुले सडकमा गुडेका सवारी साधनमा समेत अन्धाधुन्द तोडफोड गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४