Jana Prahar

शुक्रबार, असोज ३० २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छः मुख्यमन्त्री थापा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ३० २०८३
  • 38
    SHARES

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका रूपमा अनुभूति गर्न सक्ने वातावरण तयार गर्न निर्देशन दिनुभएको छ ।

एकहत्तरौँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रहरी र नागरिकबीचको सम्बन्ध विश्वास, सहकार्य र पारस्परिक सम्मानमा आधारित हुनुपर्ने बताउनुभयो ।

नेपालको संविधान, प्रचलित कानुन र जनताको सेवाप्रति समर्पित रहँदै राष्ट्र र नागरिकको सुरक्षा, शान्ति सुव्यवस्था तथा अपराध नियन्त्रणमा प्रहरीले गरेको योगदानप्रति उहाँले सम्मान व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री थापा मगरले मुलुकको विकास, समृद्धि र सुशासनको आधार शान्ति, सुरक्षा र कानुनी शासन भएकाले नागरिकले आफ्नो घरपरिवार, व्यवसाय, पेसा र दैनिक जीवन सुरक्षित रूपमा सञ्चालन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको आधारभूत दायित्व भएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “अपराध अनुसन्धान, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, महिला तथा बालबालिकाको सुरक्षा, मानव बेचबिखन नियन्त्रण, लागुऔषध नियन्त्रण, साइबर अपराधको अनुसन्धान र सार्वजनिक सम्पत्तिको संरक्षणलगायतका क्षेत्रमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका अत्यन्त महत्वपूर्ण छ ।”

विशेषगरी सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकको अधिकारको संरक्षण गर्दै कानुनको निष्पक्ष कार्यान्वयन गर्नु प्रहरी सङ्गठनको महत्वपूर्ण जिम्मेवारी भएको बताउँदै उहाँले प्रहरीप्रतिको जनविश्वास नै प्रहरी सङ्गठनको सबैभन्दा ठूलो शक्ति भएको धारणा राख्नुभयो ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक दीपक रेग्मीले देश र जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रहरी सङ्गठन निरन्तर लागि रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले नागरिकले हरेक समस्यामा सबैभन्दा पहिले प्रहरी तथा प्रशासनलाई सम्झने गरेको बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले शान्ति सुरक्षा तथा अमनचयनमा प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताउनुभयो ।

कार्यक्रममा अमर प्रहरीका सन्तति र समाजका विभिन्न क्षेत्रबाट योगदान पु¥याउने वरिष्ठ पत्रकार प्रताप विष्टलगायतलाई सम्मान गरियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४