Jana Prahar

शुक्रबार, असोज ३० २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चालु आर्थिक वर्षको तीन महिनामा आठ अर्ब ३२ करोड राजस्व जम्मा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ३० २०८३
  • 38
    SHARES

काठमाडाैं । मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ३२ करोड ८३ लाख राजस्व सङ्कलन गरेको छ ।

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले उक्त राजस्व जम्मा गरेको हो । मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार चालु आव २०८३-०८४ को साउन महिनादेखि असोज २७ गतेसम्म उक्त राजस्व जम्मा भएको जानकारी दिनुभयो ।

कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवमा रु नौ अर्ब राजस्व जम्मा गर्ने लक्ष्य राखेको छ । कार्यालयले तीन महिना नपुग्दै (९३.५३) प्रतिशत राजश्व जम्मा गर्न सफल भएको छ ।

लक्ष्य पूरा हुुन रु ६७ करोड १७ लाख अर्थात (७.४६) प्रतिशत मात्रै राजस्व जम्मा गर्न बाँकी छ । उल्लेखनीय राजश्व वृद्धि हुनुको मुख्य कारण तातोपानी नाका र रसुवागढी नाका बन्द भएकाले हो ।

तातोपानी र रसुवागढी नाका पूर्ण रुपमा बन्द हुँदा त्यहाँबाट हुने निकासी तथा पैठारी मार्ग कोरलानाका विकल्प बनेको छ । चालु वर्षको साउन महिनादेखि असोज २७ गतेसम्मको अवधिमा रु १९ अर्ब ४० करोड ६७ लाख बराबरको मालवस्तु पैठारी भएको छ ।

यसैगरी रु ३७ लाख ७८ लाख मूल्य बराबरको मालवस्तु नेपालबाट चीनतर्फ निकासी भएको भन्सार विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४