Jana Prahar

शुक्रबार, असोज ३० २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कात्तिक १ गतेदेखि चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ३० २०८३
  • 57
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ ।

कामपाका अनुसार उल्लिखित दिनहरूमा नेपालीहरूको महान् पर्व दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो ।

आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै रूपमा राख्न पनि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले सबैलाई अनुरोध गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला ।” उक्त मितिबाहेक अन्य दिन नियमित रूपमा फोहोर व्यवस्थापन हुने कामपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४