Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रकाश सपुतको गीतको चर्चासँगै आलोचना सुरु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ४ २०८०
  • 2.3K
    SHARES

काठमाडौँ । गायक प्रकाश सपुतले केही दिन अगाडि सार्वजनिक  गरेको ‘सकम्बरी’ गीत प्रतिदिन चर्चाको शिखर चढ्दो छ । तीन दिन अगाडि सार्वजनिक गीतले केही दिनदेखि युट्युबको ट्रेन्डिङमा समेत कब्जा जमाएको छ । सामाजिक सञ्जाल टिकटकमा गीत प्रयोग गरेर भिडियो बनाउने पनि थुप्रै छन् । गीतको भिडियोले रेस्टुरेन्टमा काम गर्न पुगेकी एउटा निर्दोष केटीलाई कसरी मानिसहरूले नचाहँदा नचाहँदै गलत बाटोमा पुर्यदिन्छन् भन्ने देखाइएको छ । भिडियो पनि गायक सपुतले नै गरेका हुन् । 

“म्युजिक भिडियोको प्रशंसासँगै आलोचना पनि सुरु भएको छ । गीतले महिलाको भावनामाथि खेलबाड गरेको आरोप लगाइएको छ । कतिपयले प्रकाशले गीतमार्फत महिलाको आँसु र भावना बेचेको आरोप लगाएका छन् । वकिल तथा लेखक दुर्गा कार्कीले आफूले प्रकाश सपुतको गीत पुरै हेर्न नसकेको भन्दै आलोचना गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मेरो दिक्दारी गीतलाई पस्कन सपुतले प्रयोग गरेको कमजोर रुने प्रवृत्ति हो ।”

त्यस्तै सुस्मा सिग्देलले आफूलाई समाजको जिम्मेवार कलाकार मान्ने प्रकाश सपुतले गीतबाट आफ्नै क्षेत्रका छोरी मान्छेहरूलाई बदनाम गराएको आरोप लगाएकी छन् । गीत कला क्षेत्रमा आफूलाई उभ्याउन सङ्घर्ष गरिरहेका छोरी चेली प्रहार भएको उनको भनाइ रहेको छ ।

“गायक प्रकाश सपुतको गीत आलोचनामा परेको यो पहिलो भने होइन । यस अगाडि पनि उनले सार्वजनिक गरेको ‘पीर’ बोलको गीत आलोचनामा परेको थियो  । गीतमा उनले एक पूर्व महिला छापामारले काठमाडौँमा जीवन जिउनका लागि देह व्यापार गर्नुपरेको दृश्य समावेश गरेका थिए । जसको चर्को विरोधपछि गीतबाट उक्त दृश्य हटाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४