Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पल शाहलाई वसुन्धरा भुषालको आशीर्वाद , ‘तेत्तिस कोटी भगवानले रक्षा गरुन्’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २७ २०७९
  • 1.6K
    SHARES

काठमाडौँ । वरिष्ठ हास्यअभिनेत्री वसुन्धरा भुषालले पल शाह भेट्न पाउँदा आफ्नो हर्षको सीमा नरहेको बताएकी छन् । उनले अभिनेता पलसँग भेट गरेका दर्जन बढी तस्बिर सामाजिक सञ्जाल मार्फत शेयर गर्दै पल पहिलेभन्दा झन् धेरै पोजेटिभ भएर आएको उल्लेख गरेकी छन् ।

तस्बिरमा उनले पललाई रातो टिका लगाएको समेत देख्न सकिन्छ । ‘आज बल्ल छोरा पल शाह र पलको बुबा, आमा, दिदी, बहिनी रोशनी, दाजु भाउजूहरू, भान्जा र सानो दुई भतिजहरूसँग भेट गर्ने मौका पाए । पल र सबै परिवारलाई टिक लगाई धेरै आशीर्वाद  दिएकी छु’, उनले भनेकी छन् ‘सबै परिवारलाई तेतिसकोटी भगवानले सधैँ भरी रक्षा गरुन् भनेर हामी सदैव प्रार्थना गर्दर्छौ ।’ 

आज कर्मको छोरा पलसँग भेट्न पाउँदा हर्षको सीमा रहने । पहिले भन्दा अहिले झन् ह्याण्डसम भएर पो आएछ । पललाई मैले धेरै नै पोजेटिभ देखे । हुन त उ पहिले देखिनै पोजेटिभ बिचार भएको मानिस हो’ उनी अगाडि लेख्छिन् ‘सबै शुभचिन्तकहरुको प्रार्थना आशीर्वाद ले गर्दा ढिर्लै भएपनि न्याय पाएका छन् । छोराले विगतमा भन्दा पनि अझ बढी प्रगति गर्दै जाहोस् भनी प्रार्थना गर्दछु ।’

एक वर्षपछि १५ फागुनमा कारागारबाट मुक्त भएका पल शाहलाई भेट्न उनको घरमा दैनिक भिड लाग्ने गरेको छ । पल र वसुन्धरा भुषालले फिल्म ‘शत्रु गते’मा एकसाथ काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४