Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तेस्रो विकेटका रुपमा नेपालले ज्ञानेन्द्रलाई गुमायो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २५ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भएका छन् । पीएनजीका रिले हेकुरेले तेस्रो विकेटसमेत लिएका छन् । २५औं ओभरको अन्तिम बलमा हेकुरेले मल्ललाई असद भालाको हातबाट आउट गराएका हुन् ।

ज्ञानेन्द्रले १४ बलमा १ चौका प्रहार गरे ।

नयाँ ब्याटरका रुपमा कप्तान रोहितकुमार पौडेल क्रिजमा पुगेका छन् । २५ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर १४० रन बनाएको छ । ओपनर आसिफ शेख ७७ रन बनाएर खेलिरहेका छन् ।

पालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । हेकुरेकै बलमा आउट हुनुअघि कुशलले ५६ बलमा ४५ रन बनाएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा आएका कुशल मल्ललाई पनि हेकुरेले नै २ रनको स्कोरमा आउट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४