काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड”को दोहा भ्रमण रद्द भएको छ ।
अल्पविकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री फागुन १९ गते शुक्रबार कतार जाने कार्यक्रम थियो ।
तर राष्ट्रपतिको निर्वाचन लगायतका राजनीतिक परिस्थितिको कारण भ्रमण रद्द भएको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् ।
फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहामा जाने तयारीमा थिए ।
राष्ट्रपतिको निर्वाचन तथा स्वास्थ्य अवस्थाको कारण प्रधानमन्त्रीको साटो उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ कतार जाने तयारी रहेको छ,’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिएका छन् ।