Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हलिउड अभिनेत्री रक्वेल वेल्चको निधन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ४ २०७९
  • 1.9K
    SHARES

एजेन्सी । हलिउड चर्चित अभिनेत्री रक्वेल वेल्चको निधन भएको छ । वेल्चको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

सन् १९६० को दशकमा आफ्नो सुन्दरताका कारण दर्शकको मनमा बस्न सफल उनी लामो समयदेखि बिरामी थिइन । वेल्चको अस्वस्थता कै कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

वेल्चको निधनको खबरलाई उनका प्रबन्धक स्टिभ साउरले सार्वजनिक गरेका हुन् । वेल्चले ५० वर्षको अभिनय करियरमा ३० फिल्म र ५० टेलिसिरियल अभिनय गरेकी थिइन् । यसको अलवा उनले धेरै प्रोजेक्टमा क्यामियो पनि गरेकी थिइन् । बोल्ड क्यारेक्टरका लागि दर्शक माझ चर्चित उनले ‘गोल्डेन ग्लोब’ अवार्ड पनि हात पारेकी थिइन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार वेल्चको परिवारमा छोरा डेमन वेल्चे र छोरी टाउनी वेल्चे छन् । फिल्म ‘वान मिलियन वर्ष ईसा पूर्व’ मा अभिनय गरेको कारण उनलाई ‘सेक्स सिम्बल’ र ‘सेक्स बम’को नाम दिइएको थियो ।

साथै वेच्चका चर्चित फिल्म ‘१०० राइफल्स’, ‘द प्रिन्स एण्ड द पपर’, ‘चेयरम्यान अफ द बोर्ड’ र ‘लिगली ब्लोन्ड’ जस्ता धेरै छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४