Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओडीआईमा कुशल भुर्तेलको पहिलो शतक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २ २०७९
  • 3.5K
    SHARES

काठमाडौं । कुशल भुर्तेल आईसीसी क्रिकेट विश्वकप लिग टु मा शतक प्रहार गर्ने नेपालको पहिलो खेलाडी बनेका छन् । लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भइरहेको नामिबिया विरुद्धको खेलमा उनले शतक बनाएका हुन् ।

भुर्तेलले ४१औं ओभरको अन्तिम बलमा नामिबियाका कप्तान जेर्हार्ड एरासमसलाई सिंगल रन प्रहार गर्दै शतक पूरा गरे । उनले ९९ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा शतक बनाएका हुन् ।

यसअघि भुर्तेलको ओडिआईमा उच्च स्कोर ८४ थियो । कुशल भुर्तेल नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्का, हालका कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका थिए ।

ओडिआईमा नेपालबाट व्यक्तिगत उच्च स्कोर भने रोहितको नाममा छ । उनले गत वर्ष मार्चमा टीयू मैदानमै पपुवा न्यु गिनी विरुद्ध १२६ रन बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४