Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ह्वाट्स एपमा ‘नेपाली गर्ल’ क्लिक गर्दा २० जनाले गुमाए ५१ लाख


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २० २०७९
  • 2.2K
    SHARES

  • प्रहरी भन्छ–शंकास्पद एप्लिकेशन नखोल्नुस्

काठमाडौं । ‘के तपाई सेक्स पार्टनर खोज्नु भइरहेको छ, अब ढुक्क बस्नु’ ह्वाट्स एपमा आउने यस्तो म्यासेजमा थप भनिएको हुन्थ्यो,‘नेपाली गर्ल एप इन्स्टल गर्नुस् र सेक्स पार्टनर खोज्नुहोस् ।

अपरिचित नम्बरहरूबाट आउने त्यस्तो म्यासेज पत्याएर ‘नेपाली गर्ल’ क्लिक गर्दा ह्वाट्स एप प्रयोगकर्ताहरूले करिब ५१ लाख गुमाएका छन् । अपरिचित नम्बरमा नेपाली गर्ल एप्स मार्फत कुरा गरेर मोबाइलको डेटा क्याप्चर गर्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

एप्स इन्स्टल गरेपछि प्रयोगकर्ताको मोबाइलमा ह्याकरले अनधिकृत पहुँच बनाएर डेटा चोरी गर्ने गरेको भेटिएको ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले   जन प्रहारलाई बताएका हुन् । एसएसपी शाह भन्छन्,‘अहिलेसम्म २० जनाको बैंक तथा वालेटहरुमा पहुँच बनाएर ५१ लाख चोरेको भेटिएको छ ।

मंसिर २५ मा साँझ ललितपुरको सातदोबाटोमा बस्ने राम ढकाल (परिवर्तित नाम)को एनआईसी एसिया बैंकको खाताबाट रकम ट्रान्सफर भयो । रकम घट्ने क्रम मध्यरात १ बजेसम्म रोकिएन । उनी प्रहरीकहाँ गए । ढकालको बैंक खाताबाट ४ लाख रुपैयाँ विभिन्न व्यक्तिहरूको नाममा रहेको ई–सेवा र खल्तीमा ट्रान्सफर भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ढकालले गुमाएको ४ लाख खोज्दै जाँदा प्रहरी मुख्य गिरोहसम्म पुग्न सफल भएको छ ।

  • योजनाकार राजु पटेल

चोरीको मुख्य योजनाकार पर्साको वीरगन्ज महानगरपालिका–२५ घर भएका २८ वर्षीय राज प्रसाद पटेल हुन् । उनलाई वीरगन्ज घर भएका आइटीका जानकार दुईजना युवकले सहयोग गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । वीरगन्जका २० वर्षीय साहिल परबेज र १९ वर्षीय शिवशंकर राउतले ‘नेपाली गर्ल’ नामको एप बनाएका हुन् । सूचना प्रविधि विभागको जिम्मा साहिल परवेज र शिव शंकर राउतले लिएको अनुसन्धानबाट थाहा भएको छ । उनीहरू दुवैले १२ कक्षा पढेका छन् ।

राम ढकालले गुमाएको पैसाबारे अनुसन्धान गर्दै जाँदा प्रहरी पर्साको विन्दबासिनी घर भएर मकवानपुर बस्ने ३३ वर्षीय नगेन्द्र शाह कानु सम्म पुग्यो । नगेन्द्र पत्नीसँग मकवानपुरमा बस्छन् । पत्नीले टेलर चलाउँछिन् । ढकालको खाताबाट चोरी भएको पैसा नगेन्द्रले निकालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । एसएसपी शाहका अनुसार नगेन्द्रले मकवानपुरमा विभिन्न व्यक्तिहरूको एटिएम कार्ड मागेर कमिसनमा पैसा निकाल्ने गरेका थिए । पैसा निकालेबापत उनले ४ हजार कमिसन लिने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

नगेन्द्रको बयानका आधारमा अरू ६ जना पक्राउ परेका हुन् । नगेन्द्रको पत्नी २७ वर्षीया रविना चौधरी पनि पक्राउ परेकी छन् । रविनाको बैंक खातामा पनि चोरीको रकम ट्रान्सफर भएको अनुसन्धानबाट थाहा भएको छ । मकवानपुरबाट पक्राउ परेका सन्तोष कुँवरले एटिएम मागेर नगेन्द्रलाई दिने गरेका थिए । पक्राउ पर्नेमा भारत घर भएका २९ वर्षीय अवधेश कुमार र सप्तरी घर भएर बौद्ध बस्ने ३४ वर्षीय दिलीप कुमार चौधरी सहित ८ जना छन् ।  यस्तै शंकास्पद एप्लिकेशन नखोल्न प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरले शंकास्पद एप्लिकेशन नखोल्न आग्रह गरेको हो । 

Nepali Girl 10.20 (2089)

‘नेपाली गर्ल’ को माध्यमबाट ठगीधन्दा, बैंकको खाताको पैसा चोर्ने कार्यमा संलग्न ८ जना पक्राउ

नेपाली गर्ल’ नामक एपमार्फत अनधिकृतरुपमा व्यक्तिको बैंक खातासम्म पहुँच राखेर रकम चोर्ने कार्यमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ८ जनालाई पक्राउ गरेको हो । ललितपुरको सातदोबाटो बस्ने हरि प्रसाद ढकालको नाममा रहेको एनआईसी एसिया बैंकको खाताबाट गत मंसिर २५ गते रकम चोरी भएको छ ।

बैंकका रहेको खाताबाट संचालन गरेको मोबाइल वैंकिङ च्यानल ह्याक गरी २५ गते बेलुका ७ देखि २६ गते बिहान १ बजे सम्म रकम निकालिएको उजुरी प्रहरीमा परेको थियो । सो रकम विभिन्न व्यक्तिहरुको नाममा रहेको ईसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरी ठगिएको भन्ने ब्यहोराको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान गर्दै जाँदा अभियुक्तहरूले संगठित रुपमा विद्युतीय माध्यमको प्रयोगबाट अनधिकृत रुपमा खाताको रकम निकाली हिनामिना गर्ने गरेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

उनीहरुलाई मकवानपुर र काठमाडौँ जिल्लाबाट पक्राउ गरेर उच्च अदालत पाटनबाट वैंकिङ कसुर मुद्दामा म्याद थप गरी थप अनुसन्धान उनले बताए ।

पक्राउ पर्नेमा भारतीय नागरिक अवधेश कुमारसहित सप्तरीका दिलिप कुमार चौधरी, पर्साका नगेन्द्र साह कानु, रौतहटकी रविना चौधरी, बाराका सन्तोष कुँवर, पर्साका साहिल परबेज, राजु पटेल र शिवशंकर राउत रहेका छन् ।

उनीहरुको साथबाट विभिन्न कम्पनीको मोबाईल थान, ल्यापटप र एटीएम कार्ड बरामद भएको छ ।

उनीहरुले नेपाली गर्ल एपको सामाजिक सञ्जालमार्फत आकर्षक विज्ञापन गराउने र त्यहाँ क्लिक गरेपछि डाटा चोरी गरेर सिस्टम ह्याक गरी ठगी गर्ने गरेको पाइएको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४