Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचनमा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग भएन : अध्यक्ष बस्नेत


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १२ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग नभएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा प्रेस काउन्सिल नेपाल, नेपाल कानून समाज लगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै अध्यक्ष बस्नेतले निर्वाचनमा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग नभएको बताउनुभएको हो ।

उहाँले निर्वाचन अघि उम्मेदवार र दलहरुले ‘न्यु मिडिया’ तथा अनलाइन सञ्चारमाध्यमको दुरुपयोग हुने हो कि भन्ने त्रासदी भएको भएपनि परिणाम त्यस्तो नभएको स्पष्ट पार्नुभयो । निर्वाचन गराउन सरकारी संयन्त्रहरु प्रभावकारी देखिएको उहाँले उल्लेख गर्नुभयो । आफूहरुले चुस्त, दुरुस्त ढंगले काम गरेकाले तुलनात्मक रुपमा कम अफठ्यारो भएको उहाँले बताउनुभयो ।

उहाँले मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरुलाई रोक्नका लागि आवश्यक परे विद्यमान कानूनहरुलाई सच्याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४