Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र ‘सरी मम’ आजबाट प्रदर्शनमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ५ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । चलचित्र ‘सरी मम’ बिहीबारबाट उपत्यकाभित्र प्रदर्शनमा आएको छ ।

लागूऔषध दुर्व्यसनी विरुद्धको कथामा बनेको चलचित्र पहिलो चरणमा उपत्यका अन्तर्गतका हलहरुमा मात्रै लाग्ने र त्यसपछि प्रदेश लक्षित गरेर सातै प्रदेशमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

नविन बोगटीले निर्देशन गरेको चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल ठकुरी, प्रविल कडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेन, लालमणि भण्डारीलगायत कलाकारको अभिनय छ ।

चलचित्रको कथा आयुष बुढाथोकी र सरोज पौडेलले तयार पारेका हुन् । दिर्घ गुरुङले छायांकन गरेको चलचित्रलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन् ।

लागूऔषध दुर्व्यसनविरुद्धको कथामा तयार भएको चलचित्रले किशोरावस्था र युवापुस्ताका दर्शकलाई आकर्षण गर्ने अपेक्षा चलचित्रले राखेको छ ।

चलचित्रले दर्शकलाई लक्षित गरेर विभिन्न अफरहरू सार्वजनिक गरेको छ । चलचित्र हेर्ने जाने दर्शकलाई चलचित्रको निर्माण टिमले विशेष अफरहरुसमेत दिएको हो । यो अफर माघ महिनाभरलाई लागू हुनेछ ।

दर्शकले दुइवटा टिकट किन्दा एउटा सित्तैमा दिइने अफर ल्याएको छ । अर्का अफर चाहिँ चलचित्रको टिकटमा बसुन्धरामा रहेको चिरायु अस्पतालमा स्वास्थ्य परीक्षणमा ५० प्रतिशतसम्म छुट पनि राखिएको छ । छुटका लागि चलचित्रको टिकट लिएर अस्पताल पुग्नुपर्नेछ । निर्माण टिम र अस्पतालबीच यो पनि सम्झौता भएको हो ।

यस्तै, निर्माण टिमले आफ्नो आमासँगको तश्विर अथवा भिडियो टिकटकमा सेयर गरेर #sorrymom र #nficreation ह्यासट्यागसहित टिकटक बनाउँदा धेरै लाइक्स पाउनेलाई २५ हजार र क्रियटिभ टिकटकलाई २५ हजार प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४