Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुई बिलियन डलरको बाटोमा ‘अवतार २’, बन्यो धेरै कमाउने १० औं फिल्म


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष २३ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । हलमा प्रदर्शन सुरु भएको २२ दिनपछि हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतार ः द वे अफ वाटर’ले विश्वभर १.५ बिलियन डलर कमाएको छ ।

यो कमाइसँगै फिल्मले टम क्रुज स्टारर ‘टपगन ः माभेरिक’लाई उछिनेको छ भने विश्व फिल्म इतिहासमा दशौं सर्वाधिक कमाउने फिल्मको कीर्तिमान समेत रचेको छ । नेपालमा भने बिहीबारसम्म साढे ८ करोड रुपैयाँ कमाइ रहेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।

विश्व फिल्मका लागि यो एक उल्लेखनीय उपलब्धि हो, विशेषगरी पहिलो सप्ताहन्तमा अवतार २ को ओपनिङ हलिउडले आशा गरेभन्दा निकै उच्च । तर जेम्स क्यामरुनको ‘अवतार’ सिक्वेल व्यस्त छुट्टीको समयमा दर्शकका लागि वास्तविक छनोट बन्यो, जसले साइन्स फिक्सन फिल्मको महत्वलाई अझै उचाइमा लग्यो ।

अवतारको यो कमाइमा दोहोर्‍याएर हेर्ने दर्शक, आईम्याक्सको व्यापार र दर्शकको सकारात्मक समीक्षा प्रमुख तत्व बने । यसले भाइरस महामारीपछि समस्या खेपिरहेका सिनेमाघरलाई पनि पुनर्जीवन दियो ।

सन् २०१९ मा ट्वेन्टिथ सेन्चुरी फक्सबाट अधिकार खरिद गरेको डिज्नीले अवतार २ निर्माण गर्न ३५० मिलियन डलर खर्च गरेको छ । निर्देशक क्यामरुनका अनुसार फिल्मले लगानी उठाउन पनि फिल्मले दुई बिलियन डलर कमाउनैपर्छ । साथै, क्यामरुनले फिल्मका थप तीन सिक्वेल निर्माणको घोषणा गरिसकेका छन् ।

फिल्म वितरकबीच एक लोकप्रिय भनाइ छ कि तपाईं पहिलो सप्ताहन्तको व्यापार हेरेर फिल्मको लाइफटाइम कलेक्सनलाई न्याय गर्न सक्नुहुन्न । यो उक्ति ‘अवतार : द वे अफ वाटर’ र यसको १३४ मिलियन डलरको ओपनिङलाई लिएर सत्य सावित भयो । यो फिल्मको पहिलो श्रृंखलाको लागि पनि समान रूपमा सही थियो, जसले सन् २००९ मा उत्तर अमेरिकामा ७७ मिलियन डलरको ओपनिङ गरेको थियो भने विश्वव्यापी रूपमा २.९ बिलियन डलरको साथ इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ।

पहिले नै क्रिसमस र नयाँवर्षको बीचको बिदाको कारण फिल्मले आकर्षक कमाइ गर्न सक्यो । यसको अर्थ फिल्मको नेभी पात्रलाई लिएर दर्शकको मनमा अझै प्रेम थियो । फिल्म पण्डितहरु विश्वास गर्छन् कि अवतारको दोस्रो सिक्वेलले स्थिर शक्ति प्रदर्शन गरेको छ भने न्यूनतम १.८२५ बिलियन डलर कमाउन सक्छ ।

कोरोना महामारीको समयमा लगभग असम्भव जस्तो मानिने दुई बिलियन डलरको आँकडाको नजिक कमाइ गर्नु आफैंमा ठूलै उपलब्धि हो । कोभिडकै समयमा रिलिज भएको तर चीनमा नलागेको सुपरहिरो फिल्म ‘स्पाइडरम्यान नो वे होम’ले १.९ बिलियन डलर त कमायो तर दुई बिलियनको आँकडा पार गर्न सकेन ।

दुई बिलियन डलरको आँकडा पार गर्न यसले दुई ठूला फिल्म बजारहरु चीन र उत्तर अमेरिकामा मात्र राम्रो प्रदर्शन गरेर हुँदैन । बरु यसलाई विश्वभरका हरेक उमेर समूहका दर्शकमाझ जारी राख्न आवश्यक छ । यो अहिलेसम्म सफल हुन सकेको छ किनभने यो वास्तविक ब्लकबस्टर फिल्म हो जसले फिल्म हेर्र्ने पुरुष, महिला, युवा र वृद्ध सबैलाई अपील गरेको छ ।

अवतार २ लाई अर्को फाइदा भनेको आगामी पाँच साताका लागि अन्य ठूला फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्ने छैन । डिज्नी र मार्बलको ‘एन्ट-म्यान एण्ड द वास्प : क्वान्टुमानिया’ आगामी फेब्रुअरी १७ मा थिएटरमा नआएसम्म हल सञ्चालकले ‘द वे अफ वाटर’लाई हलबाट हटाउने सम्भावना कम छ । यदि ‘द वे अफ वाटर’ मायावी दुई बिलियन डलर क्लबमा सामेल हुन सफल भयो भने क्यामरुनका अन्य दुई फिल्म ‘अवतार’ र ‘टाइटानिक’ (२.२ बिलियन डलर)सहित इतिहासका सबैभन्दा धेरै कमाउने तीन फिल्ममध्ये बन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४