Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शाहरुखलाई साधुले दिए ज्यान मार्ने धम्की


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ६ २०७९
  • 2.2K
    SHARES

एजेन्सी । भारतीय सन्त जगतगुरु परमहंस आचार्यले अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को विरोध गर्दै उनको छाला निकालेर जिउँदै जलाउने धम्की दिएका छन् ।

शाहरुखको आगामी फिल्म ‘पठान’को विवाद कम हुने अवस्थामा छैन । फिल्मको पहिलो गीत ‘बेशरम रंग’ रिलिज हुनासाथ सुरु भएको विवादले निरन्तरता पाइरहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको गीतमा अभिनेत्री दीपिका पादुकोणले लगाएको बिकिनीको रंगलाई लिएर विवाद सुरु भएको हो । सोही कारण फिल्मलाई प्रतिबन्ध लगाउन भारतको विभिन्न ठाउँमा माग भइरहेको छ । शाहरुख र दीपिकालगायत फिल्मको टिमविरुद्ध उजुरी दर्ता समेत भएको छ । अहिले उक्त फिल्मको विरोध गर्दै सन्त जगतगुरुले शाहरुखको छाला निकालेर जिउँदै जलाउने बताएका छन् ।

सन्त जगतगुरुले भनेका छन्, ‘पठान फिल्ममा भगवा रङको अपमान गरिएको छ र हिन्दूहरूको भावनामा चोट पुर्‍याउने गरी यस्तो गरिएको हो । मानिसहरूले पैसा कमाउनको लागि यस्तो व्यापार गरेका हुन् । त्यसैले आज हामीले शाहरुख खानको पोस्टर जलाएका छौं । म त्यो दिनको प्रतिक्षामा छु, जुन दिन शाहरुख खान भेटिन्छ, म त्यो दिन उनको छाला निकालेर उनलाई जिउँदै जलाउनेछु ।’

सन्त जगतगुरु अगाडि भन्छन्, ‘मेरो मान्छेहरूले मुम्बईमा शाहरुखलाई खोजिरहेका छन् । यदि कसैले उनलाई भेटेर जिउँदै जलाए भने म उनको परिवारलाई आर्थिक सहयोग गर्नेछु।’

सन्त जगतगुरुले भगवा रङलाई घृणा गर्छौ भने तिम्रो धमनीमा बग्ने रंग पनि भगवा नै हो भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले सूर्यको रंग भगवा, आगोको रंग भगवा, शान्तिको प्रतीक र सनातन धर्ममा विश्वास गर्ने सबैको लागि भगवा गौरव रहेको बताएका छन् । त्यसैले आफूले भगवा रङको अपमान नसहने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४