Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खेलकुद कम्पनीलाई अभिनेत्री अनुष्काको प्रश्न, ‘बिना अनुमति मेरो फोटो कसरी प्रयोग गर्नुभयो ?’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ५ २०७९
  • 2.5K
    SHARES

एजेन्सी । भारतीय क्रिकेटर विराट कोहली एम्बेसडर रहेको कम्पनीलाई पत्नी अभिनेत्री अनुष्का शर्माले बिना अनुमति मेरो फोटो कसरी प्रयोग गर्नुभयो ? भनेर प्रश्न गरेकी छन् ।

अनुष्काले सामाजिक सञ्जाल मार्फत उक्त खेलकुद कम्पनीप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन् । जुन खेलकुद कम्पनीप्रति अनुष्काले आक्रोश व्यक्त गरेकी छन् । उनका श्रीमान् विराट सोही कम्पनीका ब्रान्ड एम्बेसडर हुन् ।

अनुष्काले सामाजिक सञ्जालमा उनको अनुमति बिना खेलकुद ब्रान्ड बनाउने कम्पनीले उनको फोटो प्रयोग गरेको बताएकी छन् । अनुष्काले आफू उक्त कम्पनीको ब्रान्ड एम्बेसडर नहुँदा कम्पनीले आफ्नो ब्रान्ड प्रमोशनका लागि आफ्नो फोटो प्रयोग गरेको बताएकी छन् । कम्पनीलाई ट्याग गर्दै अनुष्काले आफ्नो फोटो जतिसक्दो चाँडो हटाउनु पर्ने भनेकी छन् ।

अनुष्काले सामाजिक सञ्जालमा लेखेकी छिन्– ‘बिना अनुमति तपाईले कुनै पनि ब्रान्ड पब्लिसिटीका लागि मेरो फोटो प्रयोग गर्न सक्नुहुन्न । किनभने म तपाईको कम्पनीको ब्रान्ड एम्बेसडर होइन । कृपया यसलाई हटाउनुहोस् ।’

विराटले अनुष्काको क्रोधित पोस्टलाई लाइक गरेका छन् । यसबाहेक अनुष्काको पोस्ट रिपोस्ट गर्दै उनले खेलकुद कम्पनीलाई उक्त मामिलालाई समाधान गर्न भनेका छन् ।

अनुष्का र विराटको सन् २०१७ मा विवाह भएको थियो । उनीहरूले करिब तीन वर्ष प्रेमसम्बन्धमा रहेर विवाह गरेका थिए । उनीहरूले सन् २०२१ मा छोरी वामिकालाई जन्म दिएका छन् ।

अनुष्का आमा बनेदेखि फिल्मबाट टाढा भएकी छन् । तर, उनी चाँडै फिल्म ‘चकडा एक्सप्रेस’ मा देखिदै छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४