Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिल्म ‘सिंघम ३’ मा दीपिकाले प्रहरीको भूमिका निर्वाह गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २३ २०७९
  • 2.8K
    SHARES

एजेन्सी । भारतीय फिल्म निर्देशक रोहित शेट्टीले छिट्टै अर्को फिल्म ‘सिंघम ३’ निर्देशन गर्ने भएका छन् ।

उनले आफ्नो फिल्ममा दीपिका पादुकाेण महिला प्रहरी अफिसरको भूमिकामा देखिने समेत खुलासा गरेका हुन् । ८ डिसेम्बरमा रणवीर सिंहको फिल्म सर्कसको गीत ‘करेन्ट लगा’ एक कार्यक्रमकाबीच सार्वजनिक भएको थियो । जहाँ रणवीर, दीपिका र रोहित तिनै जना साेही कार्यक्रममा पुगेका थिए । कार्यक्रममा निर्देशक रोहितले आफू चाडै ‘सिंघम ३’ मा काम सुरु गर्ने बताएका थिए ।

कार्यक्रममा भारतीय संचार माध्यमसँग कुरा गर्दै रोहितले भने, ‘मानिसहरूले मलाई सोध्छन् कि तपाईको प्रहरी यूनिवर्स फिल्ममा महिला प्रहरी अफिसरको भूमिका कसले निभाउला, त्यसैले आज तपाईलाई बताउन चाहन्छु कि दीपिका ‘सिंघम ३’ मा लेडी सिंघमको भूमिकामा देखिने छन् । अर्को वर्ष फिल्मको छायाँकन सुरु गर्नेछौं ।’

रोहित निर्देशनमा अहिलेसम्म सिंघम, सिंघम रिटर्न्स, सिम्बा र सूर्यवंशी जस्ता हिट फिल्महरू समेत समावेश छन् । सिंघम फ्रेन्चाइजमा अजय देवगन मुख्य भूमिकामा रहेका छन् । दीपिका पनि यस फ्रेन्चाइजको हिस्सा बन्न लागेकी छन्, यो फिल्म २०२३ को अन्त्यमा सार्वजनिक हुने अपेक्षा समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४