Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रसंघद्वारा आणविक केन्द्र लक्षित आक्रमणप्रति चिन्ता व्यक्त


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ५ २०७९
  • 1.8K
    SHARES

एजेन्सी । संयुक्त राष्ट्रसंघले युक्रेनको जापोज्जियास्थित आणविक केन्द्रमा आक्रमण गर्ने पागलपन नदेखाउन आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय आणविक उर्जा एजेञ्सी प्रमुख राफेल ग्रोसीले जापोरिज्जिया आणविक केन्द्रलाई निशाना बनाएर भइरहेका बमबारी र क्षेप्यास्त्र आक्रमण ज्यादै खतरनाक पागलपनको संकेत भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

युरोपको सवैभन्दा ठूलो आणविक केन्द्र आसपाको आक्रमण अक्षम्य र अस्वीकार्य हो भन्दै उहाँले यस्ता आक्रमणको पछाडि जोसुकै भए पनि तत्काल बन्द गर्न आह्वान गर्नुभयो ।

आणविक केन्द्रलाई लक्षित गरेर रुस वा युक्रेन जोसुकैले आक्रमण गरिरहेको भएपनि उनीहरुले भयंकर आगोसंग खेलिरहेको ग्रोसीको भनाइ छ । आइतबार आणविक केन्द्रलाई लक्षित गरी दर्जन बढी विष्फोटहरु भएको थियो । जसका कारण उक्त केन्द्रका केही भागमा क्षति पुगिसकेको छ ।

उक्त आणविक केन्द्र रुसको नियन्त्रणमा रहेको छ भने पछिल्लो समय युक्रेनी सेनाले पनि आणविक केन्द्रलाई लक्षित गरी आक्रमण गरिरहेको आशंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४