Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र ‘नम्बरी सुन’मा नम्रता अनुबन्धित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ३ २०७९
  • 4.5K
    SHARES

काठमाडौं । निर्देशक राजु गिरीले निर्देशन गर्ने चलचित्र ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छन् ।

शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले उनीसँग औपचारिक रुपमा कागजी सम्झौता गरेका हुन् । चलचित्रमा नम्रताको जोडी अभिनेता आमेश भण्डारीसँग बाँधिने भएको छ ।

चलचित्रमा आमेश र नम्रता मुख्य भूमिकामा रहनेछन् । माघ २० गतेदेखि छायांकनको तयारीमा रहेको चलचित्रमा आमेश र नम्रतासँगै राजाराम पौडेल, सरोज खनाल, स्मृति वलीको पनि अभिनय रहने छ ।

लामो समयपछि यस चलचित्र मार्फत राजेन्द्र खड्गी अभिनयमा फर्किदै छन् भने अन्य कलाकार छनोट भइरहेको निर्माण टिमले जनाएको छ । लमजुङ, हेटौंडा र काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिने चलचित्र झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण हुनेछ ।

सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४