Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘हेरा फेरी ३’मा अक्षय नै हुनुपर्ने सुनील शेट्टीको अडान


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २ २०७९
  • 4.6K
    SHARES

एजेन्सी । २० वर्ष अगाडिको हिट फिल्म ‘हेरा फेरी’को अब तेस्रो श्रृंखला निर्माण हुँदैछ । यसका अघिल्ला दुई श्रृंखलामा मुख्य भूमिकामा अभिनय गरेका अक्षय कुमारलाई तेस्रो सिरिजमा अभिनेता कार्तिक आर्यनले रिप्लेस गरेका छन् ।

निर्माताले महंगो पारिश्रमिकका कारण अक्षयलाई लिन नसकेको चर्चा छ भने अक्षयले स्क्रिप्ट चित्त नबुझेपछि काम गर्न स्वीकार गरेको स्पष्टीकरण दिएका छन् ।

‘हेरा फेरी’ सिरिजका मुख्य कलाकार सुनील शेट्टीले भने फिल्ममा अक्षय कुमारको विकल्प नभएको बताएका छन् । ‘हेरा फेरी ३’ मा दर्शकहरुले आफू, अक्षय कुमार र परेश रावललाई नै देख्न चाहेकाले अक्षयलाई रिप्लेस गर्न नहुने उनको स्पष्ट तर्क छ । उनले कार्तिकसँग निर्माण टिमले अर्को चरित्रका लागि कुरा गरेकाले अक्षय रिप्लेस भएको कुरामा सत्यता नहुन सक्ने उनको भनाइ छ ।

उनले अक्षयको विना ‘हेरा फेरी ३’ नयाँ अनुभव हुने पनि बताएका छन् । सुनीलले भनेका छन्, ‘फिल्ममा उनको कमी सधैं हुनेछ । अब फाइनल कास्ट के हुन्छ, त्यो हेर्न बाँकी छ । अहिले मलाई फिल्मको बारेमा त्यति धेरै जानकारी छैन । म अलिपछि अक्षय र अन्य व्यक्तिसँग कुरा गर्नेछु ।’ शेट्टीले फिल्ममा अक्षयलाई यथावत् राख्न आफूले दुवै पक्षसँग सकेको पहल गर्ने पनि बताएका छन् ।

‘हेरा फेरी ३’का लागि अक्षयसँग कुरा नमिल्नुको कारण पारिश्रमिक र प्रोफिट सेयर भनिएको छ । अक्षयले फिल्ममा काम गर्न ९० करोड पारिश्रमिक र केही प्रतिशत प्रोफिट शेयर मागेको र त्यो निर्मातालाई स्वीकार्य नभएपछि उनको ठाउँमा कार्तिकको प्रवेश भएको भारतीय सञ्चार माध्यामले जनाएका छन् । तर, अक्षयले फिल्ममा काम गर्न तयार नहुनुलाई स्क्रिप्टमा दोष देखाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४