Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यौन दुराचार मुद्दामा शर्लिन चोपडाप्रति राज कुन्द्राको कटाक्ष


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २४ २०७९
  • 1.6K
    SHARES

एजेन्सी । भरतीय टिभी अभिनेत्री शर्लिन चोपडाले अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा र निर्देशक साजिद खानमाथि यौन दुराचारको आरोप लगाएकी छन् ।

शर्लिनले हालै अभिनेत्री राखी सावन्तविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । राखिले साजिदलाई समर्थन गरेको भन्दै शर्लिनले नोभेम्बर ७ मा राखीविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् ।

यसैबीच हालै राजले आफ्नो पछिल्लो ट्वीटमा शर्लिनप्रति कटाक्ष गरेका छन् । । यससँगै उनले शर्लिनलाई समाजका लागि खतराको रुपमा व्याख्या गर्दै छिट्टै गिरफ्तार गर्नुपर्ने बताएका छन् ।

ट्वीटमा राजले शर्लिनलाई निसाना बनाउँदै केही मानिसलाई भुक्ने बानी हुन्छ र कोही अरुको जीवनमा औंला उठाउन रुचाउँछन् । यस्ता मानिसको वास्तविकता छिट्टै सबैलाई थाहा हुन जरुरी छ भनेर लेखेका छन् । साथै राजले आफूलाई घृणित आरोप लगाउने शर्लिन आफैं पोर्नोग्राफिक सामग्री उत्पादन गरिरहेकी बताएका छन् । पोर्नोग्राफिक सामाग्री उत्पादन गर्ने महिलाले र महिला अधिकारको कुरा गर्न नसुहाउने राजको तर्क छ ।

गत वर्ष जब राज पोर्नोग्राफी मुद्दामा फसेका थिए । त्यस क्रममा शर्लिनले राज र शिल्पामाथि ठगी र मानसिक उत्पीडनको आरोप पनि लगाएकी थिइन् । यस बाहेक ५० करोडको मानहानीको मुद्दा पनि दर्ता गरेकी थिइन् । पोर्नोग्राफीमा शर्लिनले राजसँग सम्झौता भएको आरोप लगाएकी थिइन् ।

उक्त समय मुम्बई प्रहरीको अपराध शाखाले अश्लील फिल्म बनाएर एप मार्फत रिलिज गरेको भन्दै राजविरुद्ध मुद्दा दर्ता गरेको थियो । यी आरोपका कारण राज जेल पनि गएका थिए तर, जमानतमा बाहिर आएपछि उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४