Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा छायाङ्कन भएको चलचित्र ‘उचाइँ’को यशराज फिल्म्सले विश्वभर वितरण गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक ६ २०७९
  • 2.6K
    SHARES

एजेन्सी । नेपालमा छायाङ्कन भएको भारतीय चलचित्र ‘उचाइँ’को यशराज फिल्म्सले विश्वभर वितरण गर्ने भएको छ ।

भारतमा थोरै निर्देशकहरू छन् जसको नामले मात्र दर्शकलाई सिनेमाघरमा तान्न पर्याप्त छ। सुरज बडजात्या यस्तै, एक चलचित्र निर्देशक हुन् । भारतीय सञ्चार माध्यमका अनुसार यशराज फिल्म्सले भारतका साथै विदेशमा पनि उक्त चलचित्रलाई वितरण गर्न लागेको छ । आदित्य चोपडाको स्वामित्वमा रहेको प्रोडक्सन हाउसले राजश्री प्रोडक्सनले बनाएको फिल्म घरेलु बजारमा रिलिज गर्ने लागेको यो पहिलो पटक हो ।अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेन्जाङ्पा र परिणिती चोपडाको प्रमुख भूमिका रहेको चलचित्रलाई यशराज फिल्म्सले भारत र विश्वभर वितरण गर्ने भएको हो । यद्यपि भारतका केही राज्यमा भने उक्त चलचित्रलाई यशराजले वितरण गर्नेछैन ।

यशराजले यसअघि मलाङ, जय मम्मी, छोटा भीम, कुङ फु धमाका, हनुमान भर्सेस महिरावना, पिकु र ह्याप्पी न्यु ईयरजस्ता फिल्मको अन्तर्राष्ट्रिय वितरण गरिसकेको छ ।

साथिको अधुरो सपना साकार गर्न निस्केका अमिताभ, अनुपम र बोमन माथि यात्राको क्रममा आउने आरोह-अवरोह चलचित्रको मुख्य बथा रहेको छ । यस चलचित्रमा बुढ्यौली मित्रताको कथा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४