Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, जसले जिते पनि बन्नेछ इतिहास


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ३ २०७९
  • 3.4K
    SHARES

काठमाडौं । छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश आज फाइनल खेल्दैछन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशको फाइनल खेल हेर्न १० हजार भन्दा बढी दर्शकले टिकट लिइसकेका छन् । नेपाल र बंगलादेश जसले जितेपछि साफको नयाँ च्याम्पियन बन्दै इतिहास रच्नेछन् ।

बंगलादेशले प्राविधिक रुपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो । नेपाललाई घरेलु मैदान र दर्शकको राम्रो साथ छ ।

प्रतियोगितामा फाइनल यात्रा तय गर्दा दुवै टोलीको दुई समानता छ । दुवैले यसअघि ५ पटक च्याम्पियन बनेको भारतलाई हराइसकेका छन् । खनी दुवैले अहिलेसम्म गोल खाएका छैनन् ।

भारतको दबदबालाई तोडिसकेका दुवै टोली अब फाइनल जितेर ट्रफी उचाल्ने योजनामा छ ।

नेपालले सेमिफाइनलमा भारतलाई १-० ले हराएर फाइनलमा इतिहास बनाएको हो । साफ इतिहासमै नेपालले भारतलाई हराएको यो पहिलो पटक हो । नेपाल पाँचौ पटक फाइनल पुगेको हो । यस्तै बंगलादेशले पनि समूह चरणमा भारतलाई ३-० ले पराजित गरेको थियो ।

बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिप फाइनल पुग्ने क्रममा भुटानलाई सेमिफाइनलमा ८-० ले हरायो ।

बंगलादेशले फाइनलसम्म आइपुग्दा २० गोल गर्दा नेपालले ११ गोल गरेको छ । नेपालले समूह चरणमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । बंगलादेशले माल्दिभ्सलाई ३-० ले, पाकिस्तानलाई ६-० र भारतलाई ३-० ले पराजित गरेको थियो ।

इतिहास बनाउने अवसर

पहिलो पटक च्याम्पियन बन्ने अवसरलाई दुवै टोलीले राम्रोसँग बुझेका छन् । नेपाली टिमका प्रशिक्षक कुमार थापाले घरमै आएको साफ महिला च्याम्पियनसिपको ट्रफीलाई घरमै राख्ने लक्ष्यसहित खेल्ने बताएका छन् ।

‘यस पटक नयाँ च्याम्पियन बन्ददैछ । हामी त्यो अवसर गुमाउन चाँहदैनौं, प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक थापाले भनेका थिए, ‘फ्यानलाई ९० मिनेटपछि दु:खी बनाउन चाहन्नौं । साफको ट्रफी यही आइपुगेको छ र हामी यो ट्रफी बाहिर जान दिँदैनौं । यो ट्रफीलाई अहिले जितेर दुई वर्षसम्मलाई च्याम्पियन भएर यही राख्न चाहन्छौं ।’

बंगलादेशका प्रशिक्षक गोलोन रब्बानी छोटोनले फाइनल खेल्नका लागि आफ्नो टिम तयार रहेको बताए । ‘हाम्रो खेलाडीहरु फाइनल खेल्नका लागि तयार छन् । मानसिक र शारीरिक रुपमै हामी तयार छौं’ प्रि म्याच कन्फ्रेन्समा छोटोनले भनेका थिए, ‘हामीले फाइनलका लागि योजना बनाएका छौँ र त्यही अनुसार नै खेल्नेछौं,’ छोटोनले भने ।

उनले अहिलेसम्म राम्रो खेलेको बताउँदै फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताए । ‘किनकि नेपाल बलियो टिम छ ।’

छोटोनले फाइनल खेल प्रतिस्पर्धात्मक, कठिन र रमाइलो हुने बताए ।

नेपालको महिला फुटबल टिमले पछिल्लो १२ वर्षमा ९ प्रतियोगिताको फाइनल खेल्दा उपाधि जित्न सकेको छैन । यस पटक नेपाल त्यो उपविजेताको ट्याग मेटाउन चाहन्छ ।

साफ च्याम्पियनसिपमा चार र सागमा तीन गरी ७ पटक फाइनलमा भारतसँग नै पराजित भएको नेपाल हिरो वुमन्स गोल्डकपमा म्यानमार र नादेज्दा कपमा उज्वेकिस्तानसँग फाइनलमा पराजित भएको थियो ।

नेपाल बंगलादेश हेड टु हेड

नेपाल र बंगलादेशबीच अहिलेसम्म ८ खेल भएको छ । जसमध्ये ३ खेल साफ च्याम्पियनमै थियो । यस्तै २ खेल दक्षिण एसियाली खेलकुद (साग) र दुई मैत्रीपूर्ण खेल थियो । १ खेल भने ओलम्पिक छनोटमा थियो । ८ वटै खेलमा नेपाल बंगलादेशसँग अपराजित छ ।

विगत हेर्दा नेपालको पक्षमा छ । तर पछिल्लो समय बंगलादेशले महिला फुटबलमा ग्रासटरुट उमेर समूहदेखि नै महत्व दिँदै आएको छ ।

यस पटक नेपाललाई घरेलु दर्शकको ठूलो साथ रहनेछ । त्यहीमा टेकर प्रशिक्षक कुमार थापाले भनेका छन् ‘फ्यानले हामीलाई उर्जा दिनेछन् । हामी ट्रफी दिनेछौँ ।’

नेपाल र बंगलादेशबीचबीच एक वर्षअघि दशरथ रंगशालमा पछिल्लो पटक दुई मैत्रीपूर्ण खेल भएको थियो । जसमा एक खेल नेपालले २-१ ले जित्दा एक खेल बराबरीमा सकिएको थियो ।

त्यसअघि नेपालले साफ च्याम्पियनसिपको ३ र सागको २ खेलमा बंगलादेशलाई पराजित गरेको छ ।

नेपाल भर्सेस बंगलादेश

कूल खेल : ८

नेपाल जित : ६

बराबरी : २

बंगलादेश जित : ०

नेपालले गरेको गोल : १४

बंगलादेशले गरेको गोल : २

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४