Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भदौ २७ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २७ २०७९
  • 8.8K
    SHARES

पञ्चाङ्ग
वि.सं. भदौ २७, २०७९ । ई.सं. १२ सेप्टेम्बर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ गुँलागा । नल दक्षिणायन वर्षा । सोमबार आश्विन कृष्णपक्ष । तिथि- द्वितिय, १३:१३ बजे उप्रान्त तृतीया । नक्षत्र- उत्तरभाद्रपदा, ९:३२ बजे उप्रान्त रेवती । योग- गण्ड, १३:०१ बजे उप्रान्त वृद्धि । करण- गर १३:१३ बजेदेखि वव, २४:५० बजे उप्रान्त वालव । चन्द्रराशि मीन । आनन्दादि योग गद । दिनमान ३०।५७ । सूर्योदय ५:४८ । सूर्यास्त १८:११ । तृतीयाश्राद्ध पञ्चक ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्नेछ। बनिसकेको काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। परिस्थितिले अलि निष्क्रिय बनाउन सक्छ। श्रमको उचित मूल्य प्राप्त नहुनाले नयाँ काममा ध्यान दिन नसकिएला। पछिका लागि लगानी बढाउने अवसर भने प्राप्त हुनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला। साथीभाइको सहयोगले सामाजिक कार्य गर्न सकिनेछ। लगनशीलताले आँटेको काम बन्नेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। जिम्मेवारी हातपार्न केही समय लाग्ने देखिन्छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मेहनत गर्दा भाग्योन्नतिको समय छ। तर लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। पहिले शक्तिको धाक देखाउनेहरू पनि स्वत: निहुरिनेछन्।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समस्या दर्साउँदा सहयोग गर्नेहरू भने भेटिनेछन्। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
हडबड गर्नाले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ। काम बिग्रने डरले सताउनेछ। दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। छोटो समयमा गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। शुभचिन्तकहरूले साथ दिनेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर समेत प्राप्त हुनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। प्रयत्न गर्दा परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४